१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सिजनल पढाई: दलित विद्यार्थी जानै छाडे विद्यालय

सिजनल पढाई: दलित विद्यार्थी जानै छाडे विद्यालय
अ अ+ अ-

वीरगंज । पर्साको ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत गरीब, दलित छात्रछात्राहरू धान कटानीमा व्यस्त रहेका कारण विद्यालय जान छाडेका छन् । प्रत्येक वर्ष दश वर्षदेखि माथिका गरीब, दलित विद्यार्थीहरू धान–गहुँ काट्ने सिजनमा विद्यालयमा अनुपस्थित हुने गरेको पाइएको छ । यसपटक पनि धान कटानीको बेला विद्यालयमा गरीब, दलित बालबालिकाहरूको संख्या घटेको छ ।

धान कटानी हुने ठाउँमा छुटेका धानका बाला बटुल्ने, खेतको धान कटानीमा संलग्न हुने जस्ता कार्यमा विद्यार्थीहरूलाई देख्न सकिन्छ । आर्थिक अवस्था कमजोर भएको कारण उनीहरूले धान र गहुँ कटानीको बेला विद्यालय नजाने र त्यसमा संलग्न हुने गरेका हुन् । पर्सागढी नगरपालिकाका शिक्षा शाखा संयोजक एवं नेरामावि बर्वाछटौलीका प्रअ रामबहादुर चौधरीले धान, गहुँ काट्ने बेलामा गरीब, दलित बालबालिकाहरूको अनुपस्थिति हुने गरेको बताए ।

उनले प्रत्येक वर्ष यो प्रक्रिया दोहोरिंदै आएको र यसपटक पनि बालबालिकाहरू धान काट्न, धानको बाला बटुल्न खटेकाले विद्यालय नआएका जानकारी गराएका हुन् । दलित, गरीबका बालबालिकाहरू विद्यालयमा छात्रवृत्ति वितरण र पोशाक वितरणमा अनिवार्यरूपमा उपस्थित हुने गरेका र नपाएपछि विरोध गर्दै आएको समेत उनले सुनाए ।

उनीहरुलाई विद्यालय भर्ना गराउन वर्षमा एकपटक विद्यालय भर्ना अभियान सञ्चालन गर्नुका साथै विद्यालय नआउने बालबालिकाका अभिभावक र विद्यार्थीलाई सम्झाउँदै आएको भएपनि प्रतिफल सन्तोषजनक नभएको प्रअ चौधरीले बताए । छात्रवृत्ति, पोशाक वितरणका लागि विद्यालयमा ६० प्रतिशत विद्यार्थीहरूको उपस्थिति अनिवार्य छ । तर गरीब, दलितको संख्या बढी भएको तर उनीहरू नै विद्यालय नआउँदा समस्या आउने गरेको उनले बताए । सौर्य दैनिकबाट