१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

बन्ने भयो जोरपाटी–सुन्दरीजल सडक

बन्ने भयो जोरपाटी–सुन्दरीजल सडक
अ अ+ अ-

काठमाडौँ । प्राविधिक, सामाजिक तथा कानुनी कारणले सङ्कटमा जेलिएको जोरपाटीबाट सुन्दरीजल जाने सडक बन्ने भएको छ । लामो समय धुलो र हिलोले सरकारकै आलोचना हुने मुख्य एजेन्डाजस्तै बनेको यो सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विशेष चासो लिएपछि सडक बन्न लागेको हो । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले स्थानीयवासी सहभागी गराई विशेष पहल गरेको छ ।जोरपाटी–सुन्दरीजल सडकखण्ड विस्तारका लागि बिहीबार सरोकारसँग भएको बैठकले नयाँ स्वरूप दियो ।

स्थानीयवासीसँग संयुक्त बैठक बसेर पाँच निर्णय गरिऐको छ । निर्णयलाई कार्यान्वयन गर्ने गरी शुक्रबार केही काम पनि भएको छ । बैठकमा सहभागी सो क्षेत्रका सङ्घीय सांसद कृष्ण राईका अनुसार जहाँ जस्तो सम्भव हुन्छ सडक बनाई छाड्ने प्रतिबद्धता गरी त्यसैअनुसार काम थालिएको छ । “स्थानीय सरकारलगायत सबै सरोकारवालाले प्रतिबद्धता जनाएर सोअनुसार काम पनि सुरु गरिएको हो,” उनले थपे, लामो समयदेखि अन्योलमा रहेको यो सडक बनाउन सर्वपक्षीय सहमति भएपछि निर्माण कार्य अगाडि बढ्नेमा आशावादी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्यालले बताए ।

उनका अनुसार सडकक्षेत्रमा पर्ने घरटहरा र रुख हटाउन सुरु गरिएको छ । अब सार्वजनिक स्थलक्षेत्रमा २२ मिटर सडक चौडा भए पनि विवाद भएका समस्या ग्रस्त क्षेत्रमा न्यूनतम १४ मिटर सडक क्षेत्र रेखाङ्कन गर्ने र बाटो बनाउनेमा गोकर्णेश्वर नगरपालिका, स्थानीय सरोकारवाला र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा सङ्घीय संसद् सहमत भएका छन् । “नगरपालिकादेखि स्थानीय र मन्त्रीस्तरबाट समेत सरोकारवाला सबैको सहमति भएकाले हामी बाटो बन्नेमा आशावादी छौं,” अर्यालले भने, ‘‘शुक्रबार सडक विस्तारका लागि थप रेखाङ्कनको काम पनि भएको छ ।”

स्थानीयसँग भएको सहमतिअनुसार अबको एक महिनाभित्र गोकर्णेश्वर नगरपालिकाले
जोरपाटी सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुखहरू हटाउनु पर्नेछ । त्यस्तै नेपाल विद्युत् प्राधिकरणले पोलहरू हटाउने काम सुरु गर्ने र नेपाल टेलिकमले समेत तत्काल कार्य सुरु गर्नेछ भने निर्माण कम्पनी आशीस सीएम जेभीले साइट क्लियर भएकामा कालोपत्रे गरिसक्नुपर्ने छ । सात किलोमिटर लामो उक्त सडकखण्डको नगरपालिकाका प्राविधिक टोलीले २२ मिटर चौडा हुने गरी नापजाँच गरी कामको थालनी गरिएको हो । अहिले सडक छेउछाउका घर, टहरा भत्काउने र रुख कटान कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

लामो समयदेखि उक्त सडकखण्ड अस्तव्यस्त छ भने ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । पर्यटकीय क्षेत्र सुन्दरीजल घुम्न जाने मुख्य सडक यो क्षेत्रमा पर्यटकलाई समेत सास्ती हुने गरेको थियो । केन्द्रीय योजनामा परेको उक्त सडक २०७३ असारमा ठेक्का सम्झैता भएको थियो । सम्झौता अनुसार २०७५ असारमा सडक तयार हुनुपर्ने थियो । तर ठेकेदार कम्पनीको लापरबाही स्थानीयबीचकै असमझदारीका कारण सम्झौताअनुसार काम पूरा भएको थिएन । काम नभएपछि स्थानीयवासीले सडक विस्तार तत्काल गर्नुपर्ने माग राख्दै पटक–पटक सडक अवरुद्धसमेत गर्दै आएका थिए ।

मन्त्रालयले त्यस क्षेत्रका संसद् राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाल, विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, काठमाडौंँ उपत्यका सडक विस्तार आयोजना, नेपाल टेलिकमका प्रतिनिधि लगायतको उपस्थितिमा उक्त निर्णय गरेको थियो । गोरखापत्र दैनिकबाट