१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नेपाल नर्सिङ संघको १९ औँ कार्य समितिको लागि रानाको नेतृत्वमा संयुक्त पेशागत समूहको उम्मेद्धवारी घोषणा

नेपाल नर्सिङ संघको १९ औँ कार्य समितिको लागि रानाको नेतृत्वमा संयुक्त पेशागत समूहको उम्मेद्धवारी घोषणा
अ अ+ अ-

चुनाव जित्ने दाबीसहित उम्मेद्धवारहरुको प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं । नेपालभरिका सम्पूर्ण नर्सहरुको हकहित, अधिकार, जिम्मेवारी र सुरक्षकालागि प्राध्यापक मूना राना (थापा) को नेतृत्व रहेको संयुक्त पेशागत समूहले आफ्नो समूहलाई अत्यधिक बहुमतले विजय गराउन अनुरोध गरेको छ । शनिबार सम्मेलन गर्दै उक्त समूहका तर्फबाट संघको १९ औँ कार्य समितिको लागि उम्मेद्धवारी दिएका नर्सहरुले यस्तो अपिल गरेका हुन् । संघको १९ औं कार्यसमितिको लागि आगामी पुष ९ गते देशैभरि २१ ठाउँमा निर्वाचन हुनेछ ।

अध्यक्षको लागि उम्मेद्धवार प्राध्यापक मूना राना (थापा) ले नर्सिङ क्षेत्रमा रहेका विद्यमान सबै समस्याहरुलाई सम्बन्धित निकाय, सरोकारवाला तथा सरकारसंग छलफल र सम्वाद गरी हल गरिने विश्वास दिलाईन् । त्यस्तै, उनले नर्सिङ क्षेत्रमा रहेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्न समावेशी रुपमा आफूहरु अघि बढेको सुनाईन् । उनले अत्यधिक यूवा नेतृत्वको साथ लिँदै आफूले संघको अध्यक्षमा उम्मेदवारी दिएको पनि स्पष्ट पारिन् । नर्सिङ संघलाई स्वतन्त्र, निश्पक्ष र पारदर्शी ढंगबाट अगाडि बढाउनको लागि आफू नेतृत्वको समूहले कुनैपनि सम्झौता नगर्ने उनको भनाई छ । उनले भनिन्,‘हामी संघमा रहेका सबैखाले विभेदको अन्त्य गर्छौं ।

बिधान सशोेधन गर्नेछु । महँगो आजिवन सदस्यता शूल्कलाई समायोजन गर्नेछु । नर्सहरुको शैक्षिक क्षेत्र र सेवा क्षेत्रको विकृति तथा विसंगतिलाई भण्डाफोर गरि नीति निर्माण तहबाटै समाधानको उपाय खोज्नेछु ।’ त्यतिमात्रै नभएर उनले नर्सिङ संघलाई नर्समैत्री बनाउँदै अघि बढ्नेपनि वचनबद्धता व्यक्त गरिन् । थापाले भनिन्,‘संघलाई सशक्त र नर्समैत्री बनाउनको लागि म कुनैपनि कसर बाँकी राख्दिन् ।’ उनले प्रविधिको प्रयोग गरि प्रादेशिक तहमा अधिकार प्रत्यायोजन गरि बिकेन्द्रीकरणको नीती अपनाउने पनि बताईन् ।

घोषणापत्रमा उल्लेख गरिएका सबै प्रतिबद्ता पूरा गर्ने बताउँदै अध्यक्षकी उम्मेद्धवार प्राध्यापक रानाले ऐतिहासिक चुनाव जित्ने र नर्सिङ पेशामा आवश्यक रुपान्तरण गरेरै छाड्ने घोषणा गरिन् । त्यस्तै, कार्यक्रममा संघको बरिष्ठ उपाध्यक्षकी उम्मेद्धवार उर्मिला श्रेष्ठले आफूले समग्र निजीस्तरका अस्पतालमा कार्यरत नर्सहरुको प्रतिनिधित्व गर्ने बताईन् । श्रेष्ठले नर्स र बिरामीको अनुपात (रेसियो) मापदण्डबमोजिम नमिलेको सुनाउँदै यसलाई मिलान गर्ने हो भने मात्रैपनि सम्पूर्ण बेरोजगार नर्सहरुले स्वदेशमै रोजगारी पाउने र विदेश जान पर्ने बाध्यताबाट उन्मुक्ति पाउने पनि बताईन् ।

उनले भनिन्,‘यसको लागि म जस्तोसुकै कदम र नेतृत्वदायी भूमिका पनि निर्वाह गर्न पछि हट्नेछैन् ।’ त्यस्तै, संघको सचिवकी उम्मेद्धवार जया मिश्रले निजी क्षेत्रको शैक्षिक संस्थामा धेरै नर्सहरु योग्य हुँदाहुँदै पनि अवसरहरुबाट बञ्चित गराईएको दुःखेसो पोखिन् । उनले भनिन्,‘आफ्नो योग्यता, क्षमता र विज्ञताअनुरुपको कार्यसम्पादन गर्न नपाउँदा मनोवैज्ञानिक रुपमा नर्सहरु निराश भएका छन् । एकातिर योग्यताबमाजिमको सेवासुविधाबाट बञ्चित छन् भने अर्कोतर्फ उच्च कार्यभारले शैक्षिक गुणस्तरलाई कायम गराउन सकिरहेका छैनन् । जसका कारण विद्यार्थी ठूलो मारमा छन् ।’ उनले नर्सहरु अहिलेपनि आर्थिक तथा सामाजिक शोषणमा रहेको दृष्टान्त पेश गरिन् ।

उनले भनिन्,‘यो सबैखाले विभेद तथा शोषणको अन्त्यका लागि म सशक्त आवाज बनेर आवाजविहीनका लागि आवाज बनेर प्रतिनिधित्व गर्ने छु । यसकै लागि मेरो उम्मेदबारी हो ।’
त्यस्तै, संघको खुला सदस्यकी उम्मेदबार ज्योती रानाभाटले विगत एक दशक यता यूवावर्गको समस्याले नर्सिङ पेशा जकडिएको दुःखेसो पोखिन् । उनले आफूहरुले यो पेशामा धेरैे चुनौतीको सामना गर्नुपरेको पनि सुनाईन् । उनले भनिन्,‘अहिलेपनि धेरै पीडितहरु अधिकतम यूवा नर्सहहरु छौं । मैले यो समस्यालाई सामाधान गर्न आम बिकृति, विभेद तथा विसंगतिलाई हटाउन जस्तोसुकै पहल र पैरवी गर्नेछु ।’

उनका ९० हजार नर्सिङ परिषदमा हुँदामात्र १५ हजार नर्स नेपाल नर्सिङ संघमा दर्ता हुनु अत्यन्तै दुःखद् भएको पनि टिप्पणी गरिन् । उनले भनिन्,‘मेरो उम्मेदबारी सम्पूर्ण यूवा नर्सहरुलाई एउटै छातामूनि ल्याउनको लागि पनि हो । र, ५ हजार १ सयको महँगो आजिवन सदस्यता शुल्क घटाई यसलाई दुई हजार ५ सय बनाउन पहल गर्नेछु ।’ उनले अहिले देशभरिमा ४० हजार नर्सहरु बेराजगारको अवस्थामा रहेको दर्दनाक अवस्थापनि सुनाईन् । उनले भन्,ि‘नर्सिङसेवा र शिक्षामा नीतिगत भ्रष्टाचारले जरो गाढेको अवस्था छ । न्यूनतम सेवासुविधा पनि नर्सहरुहरुले पाएको अवस्था छैन, उनीहरु यतिवेला चरम श्रमशोषणमा परेका छन् । यीनीहरुको उद्धार र न्यायको लागि मैले उम्मेदबारी दिएको हो ।’

त्यस्तै, संघको जनजाती सदस्यका लागि उम्मेद्धावर भीम कुमारी श्रेष्ठले नर्सहरु सधै पार्टीको निर्देशनमा काम गर्ने भएकाले नर्सको समस्या जहाँको त्यही रहेको बताईन् । उनले देशभरिका नर्सहरुलाई अब पार्टीभन्दा माथि उठेर नर्सकेन्द्रित हुनपनि आह्वान गरिन् । उनले थपिन्,‘नर्सहरुको अहिले दर्दनाक र भयावह स्थिति छ । यसको जिम्मेवारी कसले लिने ? हालसम्म नेतृत्व तहमा बसेका नर्सहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गरे, तर समग्र नर्सहरुको भविष्यको लागि केही पनि गरेनन् । यो दुःखदायी कुरा हो । अस्पतालहरुमा नर्सहरुलाई उच्च कार्यभार छ । लोकसेवाले अहिलेसम्म आवश्यक दरवन्दी खोलेको छैन् ।’

नर्सलाई विभिन्न क्षेत्रमा काम गर्न असजिलो र असुरक्षा रहेकोपनि उनले अप्ठ्यारो अवस्था सुनाईन् । उनले आफू संघको कार्यसमितिमा आएपछि उक्त समस्याहरुको समाधानको लागि सम्बन्धित निकाय तथा सरकारलाई आग्रह गर्नेपनि वचनबद्धता व्यक्त गरिन् । संघको आदीवासी सदस्यतर्फकी उम्मेद्धवार (त्रि.वि. शिक्षण अस्पताल) की नर्स (त्रि.वि. शिक्षण अस्पताल) की नर्स प्रेमा लक्ष्मी खागीले नर्सहरुलाई धेरै समस्या रहेको सुनाईन् । उनले भनिन्,‘नर्सहरुलाई लामो समयसम्म करारमा काम गर्नुपर्ने अवस्था छ । गुणस्तरीय सेवा चाहेरपनि दिन नसकेको अवस्था छ । शैक्षिक योग्यताबमोजिमको पदस्थापना हुन सकिरहेको छैन् ।

स्टाफ नर्सको पदमा ब्याचलर, मास्टर्स गरेका नर्सहरु काम गर्न बाध्य छन् । योग्यताअनुसारको पद पाएका छैनन् । समयमा बढूवा नहुनु अर्को दुःखद् अवस्था छ ।’ उनकाअनुसार नर्सहरुले अध्ययन बिदा पाएका छैनन् । उच्च कार्यभारले नर्सहरुको मनोबल दिनानुदिन घटेको पनि उनको गुनासो छ । उनले विशेषज्ञ नर्सहरुलाई राज्यले सही तवरले उपयोग गर्न नसकेको पनि बताईन् ।
त्यस्तै, संघकी मधेसी सदस्य विणा कुमारी यादवले अल्पसंखयक समूदाय सामाजिक आर्थिक रुपमा विपन्न हुँदाहुँदै पनि नीतिगत निर्णय गर्ने तहमा मधेसी समुदायका नर्सहरुको आवाज उठ्न नसकेकोले आफूले उक्त पदमा उम्मेद्धवारी दिएको स्प्ष्ट पारिन् ।

उनले भनिन्,‘मधेसी नर्सहरु अवसरबाट बन्चित छन् । सबै मधेसी नर्सहरुको आवाज बन्दै मैले उमेदबारी दिएको छु । हरेक सरकारी स्वास्थ्य संस्थान्मा २४ घण्टा स्वास्थसेवा दिने नर्सहरुको पदस्थापना र बढूवाको लागि काम गर्नेछु ।’ अनमी सदस्य मिरा गुरुङले नेपालभरि करिब ३५ हजार अनमीहरु उत्पादन भइसकेको अवस्थामा धेरै अनमीहरु बेरोजगार र श्रम शोषणमा परेको गुनासो पोखिन् ।

‘सरकारी क्षेत्रमा कार्यरत अनमीहरुले एकै जनाले २४ घण्टा प्रसुति सेवा संचालन गर्नुपरेको छ ।’–उनले थपिन्–‘कम्तिमा पनि चार जना अनमी व्यवस्थापन गराउनेमा म सम्पूर्ण अनमीहरुको आवाज बनेर नेतृत्वदायी भूमिका निभाउनेछु ।’ आजको पत्रकार सम्मेलनको सञ्चालन संघको सचिवकी कोषाध्यक्षकी उम्मेद्धवार नर्स कविता आचार्यले नर्स विद्यार्थीदेखि युवा नर्स, नर्स व्यवस्थापक, नर्स प्रशिक्षक सबै समग्रमा पीडित रहेको सुनाईन् । उनले संघमा भएको विभेद, नीतिगत भ्रष्टाचार र बेतिथिको अन्त्यको लागि आफ्नो उम्मेद्धवारी भएको स्पष्ट पारिन् ।