१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी आवास पुन:निर्माण अन्तिम चरणमा



अ+ अ-

मेलम्ची । भूकम्पपछि शुरु भएको निजी आवास पुनःनिर्माण सिन्धुपाल्चोकमा करीब अन्तिम चरणमा पुगेको छ । गुनासोबाहेक अबको केही महिनाभित्रै पहिलो चरणको पुननिर्माण सकिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ । छयासी हजार ३४६ लाभग्राहीले पहिलो किस्ता लिएकामा ७४ हजार ६१८ लाभग्राहीले अन्तिम किस्ता लिइसकेका छन् । पुनःनिर्माण अन्तिम अन्तिम भए पनि लाभग्राहीले भने छानो नहाल्दा भने समस्या भएको छ ।

प्राधिकरणको कार्यविधिअनुसार अन्तिम लेन्टल राखिएपछि लाभग्राहीले तेस्रो किस्ता लैजान सक्छन् । तेस्रो किस्ता लिएर छानो नहाल्ने लाभग्राही भने करीब दुई हजार पाँच सय भएको जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) का प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।
“कार्यविधिअनुसार छानो नहाले पनि हामीले तेस्रो किस्ता निकासा गर्नुपर्ने व्यवस्था छ तर लाभग्राहीले छानो भने नहालेको देखियो”, किस्ता लिएको लामो समय हुँदासम्म लाभग्राहीले छानो नै हालेनन् ।

पुनःनिर्माण सम्पन्नपछि प्राधिकरणले लाभग्राहीहरुलाई पुनःनिर्माण सम्पन्न भएको प्रमाणपत्र दिने गरेको छ । सबै प्रक्रिया पूरा गरेपछि हामी प्रमाणपत्र दिन्छौँ तर छानो नहालेका लाभग्राहीहरुलाई भने प्रमाणपत्र दिन सकिँदैन”, निरौलाले भने । वडावडामा खटिएका प्राविधिकले छानो राख्नका लागि लाभग्राहीलाई आग्रह गरे पनि अटेर गरेको उनले बताए । “वास्तविक पीडितहरुले किस्ता नलिए पनि छानो हालेर बस्न शुरु गरिसकेका छन्, अटेर गर्नेहरु वास्तविक पीडित नभएको पनि हुन सक्छ, हामी त्यो पनि छानबिन गर्छौँ”, प्रमुख निरौलाले भने ।

भूकम्पपीडितले लिएको दोस्रो किस्ताको तथ्याङ्क हेर्ने हो भने अब जम्मा तीन हजार ९८० लाभग्राहीले मात्रै घर निर्माण शुरु गरेका छैनन् । पहिलो किस्ता लिएका ८६ हजार ३४६ लाभग्राहीमध्ये ८२ हजार ३६६ ले दोस्रो किस्तावापतको रु १ लाख हाता पारिसकेका छन् । दोस्रो किस्ताको तथ्याङ्क हेर्दा अब सात हजार ५०० मात्रै घर निर्माण हुन बाँकी रहेको छ । गुनासोबाहेक आउने दशैँभित्र सबै लाभग्राहीले नयाँ घर पाउने निरौलाले जानकारी दिए ।