९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी आवास पुन:निर्माण अन्तिम चरणमा



अ+ अ-

मेलम्ची । भूकम्पपछि शुरु भएको निजी आवास पुनःनिर्माण सिन्धुपाल्चोकमा करीब अन्तिम चरणमा पुगेको छ । गुनासोबाहेक अबको केही महिनाभित्रै पहिलो चरणको पुननिर्माण सकिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ । छयासी हजार ३४६ लाभग्राहीले पहिलो किस्ता लिएकामा ७४ हजार ६१८ लाभग्राहीले अन्तिम किस्ता लिइसकेका छन् । पुनःनिर्माण अन्तिम अन्तिम भए पनि लाभग्राहीले भने छानो नहाल्दा भने समस्या भएको छ ।

प्राधिकरणको कार्यविधिअनुसार अन्तिम लेन्टल राखिएपछि लाभग्राहीले तेस्रो किस्ता लैजान सक्छन् । तेस्रो किस्ता लिएर छानो नहाल्ने लाभग्राही भने करीब दुई हजार पाँच सय भएको जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) का प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।
“कार्यविधिअनुसार छानो नहाले पनि हामीले तेस्रो किस्ता निकासा गर्नुपर्ने व्यवस्था छ तर लाभग्राहीले छानो भने नहालेको देखियो”, किस्ता लिएको लामो समय हुँदासम्म लाभग्राहीले छानो नै हालेनन् ।

पुनःनिर्माण सम्पन्नपछि प्राधिकरणले लाभग्राहीहरुलाई पुनःनिर्माण सम्पन्न भएको प्रमाणपत्र दिने गरेको छ । सबै प्रक्रिया पूरा गरेपछि हामी प्रमाणपत्र दिन्छौँ तर छानो नहालेका लाभग्राहीहरुलाई भने प्रमाणपत्र दिन सकिँदैन”, निरौलाले भने । वडावडामा खटिएका प्राविधिकले छानो राख्नका लागि लाभग्राहीलाई आग्रह गरे पनि अटेर गरेको उनले बताए । “वास्तविक पीडितहरुले किस्ता नलिए पनि छानो हालेर बस्न शुरु गरिसकेका छन्, अटेर गर्नेहरु वास्तविक पीडित नभएको पनि हुन सक्छ, हामी त्यो पनि छानबिन गर्छौँ”, प्रमुख निरौलाले भने ।

भूकम्पपीडितले लिएको दोस्रो किस्ताको तथ्याङ्क हेर्ने हो भने अब जम्मा तीन हजार ९८० लाभग्राहीले मात्रै घर निर्माण शुरु गरेका छैनन् । पहिलो किस्ता लिएका ८६ हजार ३४६ लाभग्राहीमध्ये ८२ हजार ३६६ ले दोस्रो किस्तावापतको रु १ लाख हाता पारिसकेका छन् । दोस्रो किस्ताको तथ्याङ्क हेर्दा अब सात हजार ५०० मात्रै घर निर्माण हुन बाँकी रहेको छ । गुनासोबाहेक आउने दशैँभित्र सबै लाभग्राहीले नयाँ घर पाउने निरौलाले जानकारी दिए ।