२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र बजगाईले कांग्रेस छाडे



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसनेता तथा पूर्व सासंद राजेन्द्र बजगाईले पार्टी छाडेका छन् ।

सामाजिक संञ्जाल मार्फत लामो स्टाटस राख्दै बजगाईले पार्टी छाडेको जनाएका हुन् ।

उनले भनेका छन् संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड बनेको पार्टीमा नबस्ने निर्णय गरेको छु।

उनले लेखेका छन्-

अन्तत: कांग्रेसमा बसिएन।

सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्। अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्।

किसुनजीका सदस्यता पुन:स्थापन गर्ने निर्णयप्रति म खेद व्यक्त गर्दछु, त्यो फेरिफेरि भर्न किन पर्थ्यो ररु त्यसको औचित्य छैन थिएन नि!

संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड बनेको पार्टीमा नबस्ने निर्णय गरेको छु।
विशेष वृन्दहरू चरणबद्ध रूपमा पार्टी कब्जा अभियानमा लागेका छन्।

उनीहरूले यसरी खेल खेलिरहेका छन्—

सके प्रभावको कोर्रा हानेर आधिकारिकता लिने,

नसके अप्ठ्यारो ढुंगाको पर्खाल खडा गरेर तथ्यांक संकलनको आडमा भित्री षड्यन्त्रमार्फत कांग्रेसमाथि नियन्त्रण जमाउने गरी सदस्यताको ‘डीएनए’ बनाउने।