१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक विद्यालय तीन दशकदेखि ऐलानी जग्गामा



अ+ अ-

झापा । झापाको भद्रपुर–३ स्थित मेची आधारभूत विद्यालय स्थापना भएको तीन दशक बितिसकेको छ । विसं २०४४ सालमा साविक महेशपुर–२ ९हाल भद्रपुर–३०मा स्थापना भएकोे विद्यालयले जग्गाको धनीपूर्जा नपाउँदा तीन दशकदेखि ऐलानी जग्गामै रहेको छ ।

भवन र खेल मैदान गरी एक बिघा एक कट्ठा जग्गामा विद्यालय रहेको प्रधानाध्यापक चमकलाल राजवंशीले बताउनुभयो । खेल मैदानको बीचमा भारतले सीमा स्तम्भ गाडेको बताउँदै उहाँले विद्यालयकै कारण सो ठाउँको नेपाली भूमि अतिक्रमणबाट जोगिएको सुनाउनुभयो । विसं २०४४ सालमा त्यो क्षेत्रका अधिकांश जग्गा ऐलानी थियो । स्थानीयवासीले सो क्षेत्रमा खेती गर्ने गर्थे । त्यस क्षेत्रका बालबालिकालाई पढ्न समस्या भएपछि कैलाश राई र चिरेन राजवंशीको पहलमा विद्यालय स्थापना भएको हो ।

विसं। २०४६ सालमा बहुदल आएपछि बनेको सुकुम्वासी आयोगले जोतभोगका आधारमा त्यो ठाउँको जग्गाको लालपूर्जा वितरण गरेको स्थानीयवासी अनय राजवंशीले बताउनुहुन्छ । विद्यालयको सो जग्गाको धनीपूर्जा मन्त्रालयले नै निर्णय गर्नुपर्ने भन्दै नदिएको विद्यालयका शिक्षक बताउँछन् । सो विद्यालयले कित्ता नं ४१७, २२९, २३०, २३७, २३९ र २४३ भोगचलन गरिरहेको छ ।

साविक महेशपुर गाविसले पटक–पटक जिल्ला शिक्षा कार्यालयलाई सो जग्गाका लागि सिफारिस गरे पनि विद्यालयले उपयोग गरेको जग्गाको धनीपूर्जा पाउन सकेको छैन । विद्यालयको जग्गा कुन–कुन हो भन्ने छुट्याउन नसक्दा भौतिक संरचना निर्माणमा समस्या भएको प्रधानाध्यापक राजवंशी बताउनुहुन्छ । हाल विद्यालयले धनीपूर्जाका लागि स्थानीय निकायसँग पहल गरिरहेको उहाँले सुनाउनुभयो ।

विद्यालयको बाल कक्षामा २४ जना, कक्षा–१ मा २१, कक्षा–२ मा १५, कक्षा–३ मा १५, कक्षा–४ मा १०, कक्षा–५ मा १०, कक्षा–६ मा १४ र कक्षा–७ मा १५ गरी १२४ विद्यार्थी अध्ययनरत छन् ।

राजवंशी, गणेश, कुर्मी र सन्थालको बढी बसोबास रहेको डोलो गाउँ, भाङ्बारी, धिरेन टोल र कृष्णे गाउँका बालबालिका अध्ययन गर्ने यो विद्यालय मेचीपारिको एउटै मात्र विद्यालय हो । सो क्षेत्रका बालबालिकाले नेपाली भाषा राम्रोसँग नबुझ्ने भएका कारण राजवंशी भाषामा बुझाउनुपर्छ । “विद्यार्थीलाई जसरी पनि बुझाउनुपर्छ”, प्रधानाध्यापक राजवंशीले भन्नुभयो, “सबैले राजवंशी भाषा बुझ्ने भएकाले त्यही भाषामा भए पनि बुझाउने गरेका छौँ ।”

विद्यालयको आन्तरिक स्रोत नभएको बताउँदै उहाँले भन्नुभयो, “विद्युत् महसुल बुझाउन पनि अभिभावकसँगै पैसा माग्नुपर्छ ।” विद्यालयमा खानेपानीसमेतको समस्या भएको बताउँदै उहाँले स्थानीय निकायले विद्यालयलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

विसं। २०७२ सालदेखि विद्यालयले कम्प्युटर कक्षा सञ्चालन गर्दै आएको छ । अहिले जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको छ वटा र अन्य दाताले दिएका चार वटा गरी विद्यालयमा १० वटा कम्प्युटर छन् । विद्यालयमा सात जना शिक्षक छन् । सबैभन्दा बढी विद्यार्थी भएको बाल कक्षामा एक जना मात्र शिक्षक हुँदा समस्या भएको छ ।