१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सामुदायिक विद्यालय तीन दशकदेखि ऐलानी जग्गामा

सामुदायिक विद्यालय तीन दशकदेखि ऐलानी जग्गामा
अ अ+ अ-

झापा । झापाको भद्रपुर–३ स्थित मेची आधारभूत विद्यालय स्थापना भएको तीन दशक बितिसकेको छ । विसं २०४४ सालमा साविक महेशपुर–२ ९हाल भद्रपुर–३०मा स्थापना भएकोे विद्यालयले जग्गाको धनीपूर्जा नपाउँदा तीन दशकदेखि ऐलानी जग्गामै रहेको छ ।

भवन र खेल मैदान गरी एक बिघा एक कट्ठा जग्गामा विद्यालय रहेको प्रधानाध्यापक चमकलाल राजवंशीले बताउनुभयो । खेल मैदानको बीचमा भारतले सीमा स्तम्भ गाडेको बताउँदै उहाँले विद्यालयकै कारण सो ठाउँको नेपाली भूमि अतिक्रमणबाट जोगिएको सुनाउनुभयो । विसं २०४४ सालमा त्यो क्षेत्रका अधिकांश जग्गा ऐलानी थियो । स्थानीयवासीले सो क्षेत्रमा खेती गर्ने गर्थे । त्यस क्षेत्रका बालबालिकालाई पढ्न समस्या भएपछि कैलाश राई र चिरेन राजवंशीको पहलमा विद्यालय स्थापना भएको हो ।

विसं। २०४६ सालमा बहुदल आएपछि बनेको सुकुम्वासी आयोगले जोतभोगका आधारमा त्यो ठाउँको जग्गाको लालपूर्जा वितरण गरेको स्थानीयवासी अनय राजवंशीले बताउनुहुन्छ । विद्यालयको सो जग्गाको धनीपूर्जा मन्त्रालयले नै निर्णय गर्नुपर्ने भन्दै नदिएको विद्यालयका शिक्षक बताउँछन् । सो विद्यालयले कित्ता नं ४१७, २२९, २३०, २३७, २३९ र २४३ भोगचलन गरिरहेको छ ।

साविक महेशपुर गाविसले पटक–पटक जिल्ला शिक्षा कार्यालयलाई सो जग्गाका लागि सिफारिस गरे पनि विद्यालयले उपयोग गरेको जग्गाको धनीपूर्जा पाउन सकेको छैन । विद्यालयको जग्गा कुन–कुन हो भन्ने छुट्याउन नसक्दा भौतिक संरचना निर्माणमा समस्या भएको प्रधानाध्यापक राजवंशी बताउनुहुन्छ । हाल विद्यालयले धनीपूर्जाका लागि स्थानीय निकायसँग पहल गरिरहेको उहाँले सुनाउनुभयो ।

विद्यालयको बाल कक्षामा २४ जना, कक्षा–१ मा २१, कक्षा–२ मा १५, कक्षा–३ मा १५, कक्षा–४ मा १०, कक्षा–५ मा १०, कक्षा–६ मा १४ र कक्षा–७ मा १५ गरी १२४ विद्यार्थी अध्ययनरत छन् ।

राजवंशी, गणेश, कुर्मी र सन्थालको बढी बसोबास रहेको डोलो गाउँ, भाङ्बारी, धिरेन टोल र कृष्णे गाउँका बालबालिका अध्ययन गर्ने यो विद्यालय मेचीपारिको एउटै मात्र विद्यालय हो । सो क्षेत्रका बालबालिकाले नेपाली भाषा राम्रोसँग नबुझ्ने भएका कारण राजवंशी भाषामा बुझाउनुपर्छ । “विद्यार्थीलाई जसरी पनि बुझाउनुपर्छ”, प्रधानाध्यापक राजवंशीले भन्नुभयो, “सबैले राजवंशी भाषा बुझ्ने भएकाले त्यही भाषामा भए पनि बुझाउने गरेका छौँ ।”

विद्यालयको आन्तरिक स्रोत नभएको बताउँदै उहाँले भन्नुभयो, “विद्युत् महसुल बुझाउन पनि अभिभावकसँगै पैसा माग्नुपर्छ ।” विद्यालयमा खानेपानीसमेतको समस्या भएको बताउँदै उहाँले स्थानीय निकायले विद्यालयलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

विसं। २०७२ सालदेखि विद्यालयले कम्प्युटर कक्षा सञ्चालन गर्दै आएको छ । अहिले जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको छ वटा र अन्य दाताले दिएका चार वटा गरी विद्यालयमा १० वटा कम्प्युटर छन् । विद्यालयमा सात जना शिक्षक छन् । सबैभन्दा बढी विद्यार्थी भएको बाल कक्षामा एक जना मात्र शिक्षक हुँदा समस्या भएको छ ।