९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिजुलीबाट तीन सय घरधुरी लाभान्वित



अ+ अ-

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि गाउँले खुशी भएका छन् । बिजुली बत्ती बलेपछि लाभान्वित तीन सय घरधुरीमा खुशीयाली छाएको छ ।

छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रुपमा ट्रान्सफर्मरको पूजाआजा गरी विधिवत् ‘स्विच अन’ गरेको राष्ट्रिय जनता पार्टी नेपालका क्षेत्रीय सचिव रवीन्द्रकुमार मण्डलले जानकारी दिनुभयो । गाउँपालिकाको आर्थिक वर्ष २०७४/७५ मा रु १० लाख तथा २०७५/७६ मा १५ लाख गरी कूल २५ लाखको लागतमा उक्त वडामा विद्युतीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।