१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको क्यान्टिनमा आगजनी, कोहलपुर तनावग्रस्त



अ+ अ-

बाँके । आन्दोलनकारीले ईलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र रहेको क्यान्टीनमा आगजनी गरेका छन् । आन्दोलनकै क्रममा प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले ईलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरेको छ।

एक स्कुले बिद्यार्थीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्याथीमाथी प्रहरीले दमन गरेको भन्दै ईप्रका कोहलपुरमा तोडफोड तथा क्यान्टिनमा आगजनी गरीएको हो । अनियन्त्रित भिडलाई नियन्त्रण गर्न प्रहरीले दजनौं पटक हवाई फायर गरीसकेको छ । प्रहरीले चलाएको गोली लागी दुई विद्यार्थी गम्भीर घाईते भएका छन भने सयौं विद्यार्थी घाईते भएका छन ।

अनियन्त्रित भिडले प्रहार गरेको ढुङ्गा लागेर १ दर्जन बढि प्रहरी घाईते भएका छन । अवस्था नियन्त्रण बाहिर गएपछि कोहलपुरमा सयौं प्रहरी परिचालन गरीएको छ ।