१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका इरान वार्ता: अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फर्किए



अ+ अ-

काठमाडौ । इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स अमेरिका फर्कनु भएको छ ।

लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गर्दै अमेरिका फर्केको हो ।

वार्ता टोलीमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कफ पनि सहभागी रहनु भएको थियो ।

पाकिस्तान छाड्नु अघि शान्ति वार्ताबारे पत्रकार सम्मेलन गरेर उपराष्ट्रपति भान्सले भन्नुभयो ‘अमेरिका र इरानबिच वार्ता २१ घण्टादेखि चलिरहेको छ, तर नराम्रो खबर के हो भने हामी सम्झौतामा पुगेका छैनौँ।’

फोटो- एफपी/रासस