१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

प्रेस सङगठनको एकता टुङ्गो

प्रेस सङगठनको एकता टुङ्गो
अ अ+ अ-

स्याङ्जा । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस सङ्गठन नेपाल स्याङ्जा शाखाको एकता टुङ्गिएको छ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कार्यालयको परिपत्रअनुसार जिल्लामा क्रियाशील प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता गरिएको हो ।

चौतारी र सेन्टरका पदाधिकारीहरुको भेलाले तत्कालीन प्रेस चौतारी स्याङ्जा शाखाका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेको संयोजकत्वमा एकता गरेको हो । गण्डकी प्रदेशका ११ जिल्लामध्ये स्याङ्जासहित सातवटा जिल्लामा प्रेस चौतारीलाई संयोजक र अन्य चार जिल्लामा प्रेस सेन्टरलाई संयोजकको जिम्मेवारी दिने निर्णय भएबमोजिम स्याङ्जामा न्यौपानेले संयोजकको नेतृत्व प्राप्त गर्नुभएको हो ।

नवगठित सङ्गठनको सहसंयोजकमा तत्कालीन प्रेस सेन्टरका जिल्ला अध्यक्ष प्रतीक्षा काफ्ले हुनुुहुन्छ भने सदस्यहरुमा गोपाल जिटी, हरिप्रसाद सुवेदी, बीनाकुमारी गैह्रे, कला राना, मणिप्रसाद अर्याल, माधव गैह्रे, नारायण विश्वकर्मा, नारायण अर्याल र शालिकराम पोख्रेल रहनुभएको छ ।

संयोजक न्यौपानेले प्रेस सङ्गठन जिल्ला कमिटीको नेतृत्वलाई पूर्णता दिने बताउनुभयो । उहाँले जिल्लामा रहेका क्रियाशील पत्रकारहरुको क्षमता विकासका लागि र साङ्गठनिक हिसाबले सहयोग गर्ने गरी कार्यक्रमहरु सञ्चालन गर्ने संयोजक न्यौपानेले बताउनुभयो ।