१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस सङगठनको एकता टुङ्गो



अ+ अ-

स्याङ्जा । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस सङ्गठन नेपाल स्याङ्जा शाखाको एकता टुङ्गिएको छ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कार्यालयको परिपत्रअनुसार जिल्लामा क्रियाशील प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता गरिएको हो ।

चौतारी र सेन्टरका पदाधिकारीहरुको भेलाले तत्कालीन प्रेस चौतारी स्याङ्जा शाखाका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेको संयोजकत्वमा एकता गरेको हो । गण्डकी प्रदेशका ११ जिल्लामध्ये स्याङ्जासहित सातवटा जिल्लामा प्रेस चौतारीलाई संयोजक र अन्य चार जिल्लामा प्रेस सेन्टरलाई संयोजकको जिम्मेवारी दिने निर्णय भएबमोजिम स्याङ्जामा न्यौपानेले संयोजकको नेतृत्व प्राप्त गर्नुभएको हो ।

नवगठित सङ्गठनको सहसंयोजकमा तत्कालीन प्रेस सेन्टरका जिल्ला अध्यक्ष प्रतीक्षा काफ्ले हुनुुहुन्छ भने सदस्यहरुमा गोपाल जिटी, हरिप्रसाद सुवेदी, बीनाकुमारी गैह्रे, कला राना, मणिप्रसाद अर्याल, माधव गैह्रे, नारायण विश्वकर्मा, नारायण अर्याल र शालिकराम पोख्रेल रहनुभएको छ ।

संयोजक न्यौपानेले प्रेस सङ्गठन जिल्ला कमिटीको नेतृत्वलाई पूर्णता दिने बताउनुभयो । उहाँले जिल्लामा रहेका क्रियाशील पत्रकारहरुको क्षमता विकासका लागि र साङ्गठनिक हिसाबले सहयोग गर्ने गरी कार्यक्रमहरु सञ्चालन गर्ने संयोजक न्यौपानेले बताउनुभयो ।