१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

बालसुधार गृहमा बालक बढी हुँदा समस्या

बालसुधार गृहमा बालक बढी हुँदा समस्या
अ अ+ अ-

डोटी । जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भन्ने चर्चा चलिरहेका बेला यहाँको जिल्ला सदरमुकाम सिलगढीस्थित बालसुधार गृहमा क्षमताभन्दा बढी बालकहरु राखिँदा झन् समस्या हुँदै आएको छ ।

विसं २०७५ भदौ महिनामा सुदूरपश्चिम प्रदेशभरिका लागि स्थापना गरिएको बालसुधार गृहमा कूल २५ बालक बस्न मिल्ने क्षमताको भए पनि हाल ४८ जना बालक बस्दै आएका छन् । क्षमताभन्दा दोब्बर बालक राखिएका कारण उनीहरुलाई दैनिक कार्यमा समस्या हुँदै आएको छ ।

बालसुधार गृहमा क्षमताभन्दा बढी बालक बस्ने गर्दा व्यवस्थापनलगायतका अन्य सेवा सुविधा लुगा, कपडा, खान–बस्नमा पनि समस्या हुने गरेको बालसुधार गृह व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बालकहरु बढी भएका कारण उनीहरुको बसाइ व्यवस्थापनमा समस्यादेखि अन्य सुरक्षा क्षेत्रमा समेत समस्या हुन्छ, आर्थिक रुपमा पनि सीमित बजेट हुन्छ बढी बालकहरु भए अदालतमा हाजिर गराउन, फैसला हुँदा पनि थप सुरक्षा व्यवस्थापन गर्नुपर्छ निकै समस्या उत्पन्न हुने गरेको छ ।”

बालसुधार गृहको सम्पूर्ण अवस्थाका बारेमा अनुगमन गरी र बालकहरुको समस्याका बारेमा लिखित रुपमा माथिल्लो निकायमा जानकारी गराई सकेको समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । क्षमताभन्दा बढी बालकहरु भएका कारण खाने, बस्नेदेखि अन्य व्यवस्थापनमा समस्या हुने गरेको बालसुधार गृह डोटीकी प्रशासकीय अधिकृत सानुमाया लिम्बूले बताउनुभयो ।

उहाँले भन्नुभयो, “क्षमताभन्दा बढी बालक भएका कारण हामीलाई उनीहरुको खानपान, बसाइदेखि अन्य सरसफाइ तथा सुरक्षा गर्नमा निकै चुनौती भएको छ, हामीले हाम्रो समस्याका बारेमा पटक पटक जानकारी दिँदा पनि केही पहल हुन सकेको छैन ।”

बालसुधार गृहमा रहेका ४८ बालकमध्ये १२ जनाको अदालतले फैसला गरिसकेको छ भने अन्य ३६ जनाको हकमा फैसला नभई पुर्पक्षका लागि बालसुधारगृहमा राखिएको प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिनुभयो ।

डोटी जिल्लामा रहेको बालसुधार गृहमा हाल प्रदेश नं ५ र ७ का विभिन्न जिल्लाका बालकहरु रहेका छन् । सुदूरपश्चिम प्रदेशभरि एकमात्र बालसुधार गृह भएका कारण यहाँ बालकहरुको बढी चाप रहेको बालसुधार गृहका कर्मचारीहरु बताउँछन् । उनीहरु भनछन्, “प्रदेशभरिकै एउटैमात्र बालसुधार गृह बनाउनुभन्दा अन्य जिल्लामा पनि बालसुधार गृह निर्माण गरिएको भए राम्रो हुने थियो ।” क्षमताभन्दा बढी बालकहरुलाई एकै ठाउँमा राख्नुभन्दा सरकारले देशका विभिन्न स्थानमा बालसुधार गृह स्थापना गर्नाका साथै भएका बालसुधार गृहलाई व्यवस्थित बनाउनुपर्ने कानून व्यवसायी शङ्करदीप मडैले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गलत काम गरेर सुधारका लागि पठाइएका बालकहरुलाई फेरि दुःख दिनुभन्दा बरु बालसुधारगृह नै सुधार गरे राम्रो हुने थियो ।” कानूनमा दण्डनीय काम गरेका बालकहरुलाई अदालती निर्णय गरी जेल पठाउनुभन्दा सुधार गृहमा राखी आचरण सुधार गर्नुपर्ने नेपाल सरकारको नीतिनियमअनुसार देशका अन्य सातवटा जिल्लासहित सुदूरपश्चिम प्रदेशमा पनि बालसुधार गृह स्थापना गरिएको हो ।