२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिकसत्र अगावै आइपुग्यो पाठ्यपुस्तक



अ+ अ-

जुम्ला। जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ।

शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलङ्गा बजारस्थित  सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिनुभयो ।

विद्यालय सञ्चालनमा आएलगत्तै सबै स्थानीय तहका विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने गरी शिक्षा शाखालाई निर्देशन दिइसकेको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो  । विद्यालय सञ्चालन हुनु पहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ ।

जिल्लाका अरु स्थानीय तहले विद्यालयमा पाठ्यपुस्तक लैजाने तयारी गरिरहेको गाउँपालिकाका शिक्षा शाखाहरुले जनाएका छन् । यहाँका सामुदायिक विद्यालयलाई जिपी स्टेशनरी र सन्ध्या स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् ।  रासस