२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला राष्ट्रिय रग्बी सेभेन्समा कर्णाली र वागमती सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ।  कर्णाली प्रदेश र वागमती प्रदेश महिला राष्ट्रिय रग्बी सेभेन्सको सेमिफाइनलमा पुगेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवारदेखि शुरु भएको प्रतियोगितामा समूह ‘ए’ बाट कर्णाली र वागमती सेमिफाइनलमा पुगेका हुन् ।

समूहमा दुवैले कुल समान सात अंक जोडे पनि कुल स्कोरका आधारमा वागमती विजेता भएको हो । समूहचरणमा वागमती र कर्णाली बीचको खेल पनि १०–१० स्कोरमा सकिएको थियो । दुवैले समान एक बराबरी र दुई जित नै आत्मसात गरे । तर विपक्षीविरुद्ध वागमतीले ६५ स्कोर र कर्णालीले ५९ स्कोर गरेका थिए । यही स्कोरका आधारमा नै वागमती विजेता बन्यो ।

आफ्नो समूहमा कर्णालीले लुम्बिनी प्रदेशलाई २४–० र मधेसलाई २५–० ले हरायो । वागमतीले भने मधेसलाई ३५–० र लुम्बिनीलाई २०–० स्कोरले हरायो । अर्को समूह ‘बी’ बाट आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलनजिक देखिएका छन् ।

तीन टोली रहेको समूहमा आर्मीले एपिएफमाथि १४–५ स्कोरले हराउँदै समूह विजेताको दाबेदारी प्रश्तुत ग¥यो । दोस्रो खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ४४–० ले हराउँदै समूह विजेता बन्यो । शनिवार लिग चरणमा एक मात्र खेलमा महिलातर्पm एपिएफ र सुदूरपश्चिमबीच खेल हुन सकेन । यसको विजेता सेमिफाइनलमा पुग्नेछ ।

नेपाल रग्बी संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्पm समूह ‘ए’ आर्मी विजेता र गण्डकी तथा समूह ‘बी’ मा एपिएफ विजेता र कोशी उपविजेताका रूपमा सेमिफाइनलमा पुग्यो । उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित मेहताले गरेका थिए ।

प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३० हजार रुपैयाँसहित पदक र प्रमाणपत्र पाउनेछ ।

उत्कृष्ट एक पुरुष र एक महिला खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा दुई विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी, बागमती प्रदेश, कर्णाली र मधेसका महिला तथा पुरुष दुवै टोलीको सहभागिता रहँदा कोसी, सुदूरपश्चिम र लुम्बिनीबाट महिला र गण्डकीबाट पुरुष टोलीको मात्रै सहभागी रहनेछ ।

टोलीहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीअनुसार खेल सञ्चालन गरिनेछ । आयोजककाअनुसार प्रतियोगिता सञ्चालनका लागि करिव ३० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।

सहभागी खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै करिव १ लाख २५ हजार रुपैयाँ बराबरको खेल दुर्घटना बीमा गरिएको छ भने स्वास्थ्य सेवाका लागि भक्तपुर इन्टरनेसनल अस्पतालको सहयोग रहनेछ ।–न्युज एजेन्सी नेपाल




भर्खरै