१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रज कलाकार मुल्मीको ‘प्रतिविम्ब’ कला प्रदर्शनी



अ+ अ-

काठमाडौँ। विगत ६५ वर्षदेखि कला साधनामा सक्रिय अग्रज कलाकार तथा प्राध्यापक राधेश्याम मुल्मीको तेस्रो एकल कला प्रदर्शनी आजदेखि काठमाडौँमा सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान)को आयोजनामा नक्सालमा ‘प्रतिविम्ब’ शीर्षकमा प्रदर्शनी सुरु भएको हो । आज उद्घाटनका सत्रमा उहाँको जीवनीसम्बन्धी वृत्तचित्रसमेत प्रदर्शन गरिएको छ ।

वृत्तचित्रमा ७७ वर्षीय मुल्मीका विगतदेखि वर्तमानसम्मका कलायात्रा समावेश छन् । कलाकार मुल्मीले ती चित्रमा जीवन, जगत् र प्रकृतिलाई रङका माध्यामबाट प्रस्तुत गर्नुभएको छ ।

उद्घाटन समारोहमा अग्रज कलाकार शशीविक्रम शाहले कलाकार मुल्मीका चित्रहरु आफैँ बोलिरहेकाले कुनै विवेचना गरिरहनुनपर्ने बताउनुभयो । प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कलाकार मुल्मीका चित्रमा समाजको विश्बलाई प्रतिविम्बित गरिएको भन्दै प्रशंसा गर्नुभयो ।

वृत्तचित्र निर्माता जीवननाथ धमलाले मुल्मीलाई विज्ञान र कलालाई संयोजन गर्ने कलाकारका रूपमा आफूले चिनेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँको कलामा जीवन र कलालाई एकअर्काको पूरकका रूपमा प्रतिविम्बित गरेको प्रतीत हुन्छ ।”

कलाकार मुल्मीले आफ्नो कला यात्रा धेरै उतारचढाव पार गरेर यहाँ आइपुगेको बताउनुभयो । आयोजक कलाकार सङ्घका अध्यक्ष प्रेमलाल श्रेष्ठले कलाकार मुल्मीका कलामा नेपाली परिवेश, दैनिक जीवनका साथै सांस्कृतिक एवं आध्यात्मिक पक्ष अभिव्यक्त भएको देख्न पाइने बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा २५ वटा चित्र समावेश छन् । रासस