९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागू औषध बनाउने ४ किलो २ सय ग्राम रसायन ईफेड्रिनसहित एक जना चिनियाँ नगारिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यले गएको शुक्रबार कार्गोबाट न्युजिल्याण्ड पठाउन लागिएको उक्त रसायन सहित ३१ वर्षको चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरेको बताउनुभयो ।

उहाँले काठमाडौंको एक कार्गोबाट न्यूजिल्याण्ड पठाउन ल्याएको निलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेम चेकजाँच गर्दा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा फेला पारेको जानकारी दिनुभयो । प्रहरी नायब महानिरिक्षक अमात्यले न्यूजिल्याण्ड पठाउन लागिएको उक्त रसायन लागू औषध एम्फेटामिन बनाउन प्रयोग गरिने बतानुभयो । उहाँले उक्त इफेड्रिनको चीनमा २ लाख २५ हजार नेपाली रुपैयाँमा खरिद गरी न्युजिल्याण्डमा ५० लाख रुपैयाँमा विक्री गर्न लागेको समेत बताउनुभयो ।

प्रहरीले यसअघि पनि यस्तै प्रकारको रसायन स्यूडोईफेड्रिन ट्याब्लेट ४७१.८८ केजि सहित आर्य फर्मा सिटिकल्सका सञ्चालकलाई २०७३ साउन १२ गते पक्राउ गरेको थियो । प्रहरीले अहिले पक्राउ परेका चिनियाँ नागरिकलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको समेत बताएको छ ।