१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

त्रिविका लेखा अधिकृतसहित चारविरूद्ध मुद्दा दायर

त्रिविका लेखा अधिकृतसहित चारविरूद्ध मुद्दा दायर
अ अ+ अ-

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृतसहित चार जना विरूद्ध मुद्दा दायर गरेको छ। लेखा अधिकृतसहित चार जना विरूद्ध विद्यार्थीबाट पैसा लिएर उत्तरपुस्तिका नै फेरबदल गरेको आरोप लागेको छ ।

आइतबार लेखा अधिकृत कमलप्रसाद दाहालसहित चार जनाले परीक्षार्थीसँग पैसा लिएर उत्तरपुस्तिकाको नम्बर फेरबदल, साटासाट गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

उनीहरूले उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई प्रभावमा पारेर लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखेर भित्री पाना घर लगेर विज्ञहरुलाई लेख्न लगाई फेरि सोही बास्तविक कभरपेजमा स्टिच लगाउने गरेको उजुरी परेको थियो।

लेखा अधिकृत दाहालले त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी जानुका आलेमगर र हिरा कटुवालका परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिका तेजनारायण चौधरीमार्फत लिई साटफेर गरेको आरोप छ।

‘आफ्नो ओहोदा र पदको दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको स प्रमाण पुष्टि हुन आएको हुँदा निज कमलप्रसाद दाहाललाई सोही ऐनको दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको छ,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले निकालेको विज्ञप्तिमा उल्लेख छ।