१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजार सात सय बढी कारबाहीमा



फाइल फोटो
अ+ अ-

काठमाडौँ। बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, सङ्केट बत्ती उल्लङ्घनकर्ता १०२, तीव्र गतिमा सवारी हुइँक्याउने ९३, लेन अनुशासन पालना नगर्ने १७९ र सार्वजनिक यातायातका साधन असुरक्षित ढङ्गले सञ्चालन गर्ने ३८ सवारीसाधनका चालकलाई कारबाही गरिएको हो ।

यसैगरी, अनावश्यक रुपमा हर्न बजाउने ४६ जना, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने २० जना र अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९३ जनालाई कारबाही गरिएको छ ।

ट्राफिक कारबाहीबाट रु ११ लाख ८४ हजार ५०० राजस्व राज्यकोषमा दाखिला भएको उक्त कार्यालयले जनाएको छ । रासस