१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

साग फुटबलको फाइनलमा नेपाल, बंगलादेश १-० ले पराजित

साग फुटबलको फाइनलमा नेपाल, बंगलादेश १-० ले पराजित
अ अ+ अ-

काठमाडौंः दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ । साग फुटबलमा नेपाल लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्ण पदकका लागि मंगलबार नेपाल र भुटानबीच फाइनल खेल हुनेछ ।

नेपाली टिम दर्शककाे अभिवादन स्वीकार्दै ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिएको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका थिए । पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेको थिएन । मध्यान्तरपछि नेपालले रक्षात्मक खेल खेलेको थियो ।

खेलको अन्तिममा भने बंगलादेश १० खेलाडीमा सिमित भएको थियो । बंगलादेशका खेलाडीले नेपाली खेलाडीलाई मैदानमा लडाएका कारण दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएका हुन् नेपालका प्रशिक्षक बालगोपाल महर्जनले अब भुटानलाई फेरि एक पटक हराएर स्वर्ण जित्ने विश्वास व्यक्त गरे । ‘हामी लिगमा अपराजित एक्लो टिम हौं । अब हामी फाइनलमा पनि भुटानलाई जित्दै स्वर्ण जित्न चाहन्छौं’ बंगलादेशलाई हराएपछि महर्जनले भने ।

समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो । माल्दिभ्सलाई २-१ ले हराएको नेपालले श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । भुटानले भने नेपालबाहेक सबै टिमलाई हराएको छ ।