१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कर विवादमा परेको एनसेलमाथि २२ अर्ब ४४ करोड कर तिर्न ठूला करदाता कार्यालयको पत्र

कर विवादमा परेको एनसेलमाथि २२ अर्ब ४४ करोड कर तिर्न ठूला करदाता कार्यालयको पत्र
अ अ+ अ-

काठमाडौं । अर्थ मन्त्रालय मातहतको ठूला करदाता कार्यालयले कर विवादमा सधैं तानिँदै आएको एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालयका अनुसार अनुसार एनसेललाई कर बुझाउन १५ दिनको समय दिएर पत्र दिइएको छ ।

ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर तिर्नु भनी पत्राचार गरेको थियो । एनसेलले यसअघि २१ अर्ब ५४ करोड तिरेको रकम कटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७ दिनभित्र बुझाउन पत्राचार गरेको थियो ।

तर त्यसविरुद्ध एनसेलले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्चले ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ बमोजिम लगाएको ५० प्रतिशत शुल्क खारेज गरिदिएको थियो । यससँगै एनसेलले तिर्नुपर्ने लाभकर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ कायम भयो । फैसलामा यो रकममा ब्याजसमेत जोड्न पाउने भनिएको थियो ।त्यसअनुसार एनलेसले बुझाउनुपर्ने २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

एनसेलको कर प्रकरणमा राजनीतिक नेताहरुको नाम समेत जोडिने गरेकाले पनि यो मुद्दा निकै पेचिलो बनेको छ । सामाजिक संजालमा एनसेलले कर तिर्न, बुझाउन अटेर गरेको र नेताहरुको पनि संरक्षण प्राप्त गरेको भन्दै एनसेलको सेवा नै बहिस्कार गर्न आह्वान समेत हुँदै आएको छ । एनसेलको कर विवाद कहिले उछालिने र फेरि सेलाउने गरेको छ, र ठूला करदाता कार्यालयको नयाँ परिपत्रसँगै फेरि यो विवाद सतहमा आएको छ ।