२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानिर्देशकमाथि छानबिन गर्न मन्त्रालयद्वारा समिति गठन



अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको वा नगरेको भन्ने विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको यही चैत २६ गतेको पत्रअनुसार प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भनी उजुरी प्राप्त भएको जनाउँदै सो विषयमा छानबिन गर्न मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठ, मन्त्रालयका कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विज्ञ कविन मलेकु गरी तीन सदस्यीय समिति गठन गरेको जनाएको छ ।

मन्त्रालयले उक्त समितिलाई सो विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नसमेत जिम्मेवारी तोकेको छ । रासस