२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने



अ+ अ-

बैतडी।आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका लागि बैतडीमा २० जना गणक तथा सुपरीक्षेक खटिने भएका छन् । दोस्रो आर्थिक गणनाका लागि यहाँ तीन सुपरीवक्षेक र १७ जना गणक खटिने भएका हुन् ।

जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीले जिल्लाका १० वटै स्थानीय तहमा खटिने गणक तथा सुपरीवक्षेक छनोट कार्य सकिएको बताउनुभयो । छनोट भएकाहरूका लागि पाँचदिने तालिम चैत २६ गतेदेखि सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

तालिमले गणक र सुपरीवेक्षकलाई आर्थिक तथ्याङ्क सङ्कलन कार्यमा थप दक्ष बनाउँदै गणनालाई प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने गिरीले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ वैशाख २ गतेदेखि असार ७ गतेसम्म  दोस्रो आर्थिक गणना सुरु हुँदैछ ।

गणनामा आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मको विवरण, नेपालमा उद्योगको अवस्था, रोजगारी सृजनाको अवस्था सङ्कलन गरिने कार्यालयले जनाएको छ । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गरिने जिल्ला आर्थिक गणना अधिकारी गिरीले बताउनुभयो ।  रासस