१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखमा रुविकुमारी ठाकुर निर्वाचित (तस्बिरहरु)



अ+ अ-

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रूबी कुमारी निर्वाचित भएकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डिपी अर्यालले रूबी कुमारी ठाकुर उपसभामुख पदमा बहुमतबाट निर्वाचित भएको घोषणा गरेका थिए ।

उपसभामुख चयनका लागि भएको मतदानमा रूबी कुमारीले २२९ मत पाएकी थिइन् । विपक्षमा ५ र मत दिन्न भन्नेमा २२ मत परेको थियो । मतदानमा २५५ उपस्थित थिए ।

राप्रपाकी उम्मेदवार सरस्वती लामाले ५ मत प्राप्त गरेकी थिइन् । संविधानमा विपक्षी दलका तर्फबाट सभामुख चयन हुने व्यवस्था छ । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित प्रतिपक्ष दल नेपाली काग्रेस र नेपाली कम्युनिष्ट पार्टीले पनि समर्थन जनाएका थिए, तर नेकपा एमाले भने मतदानमा सहभागी भएन ।