१२ श्रावण २०८३, मंगलवार
,
Latest
भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठकः उपसभामुख पदका उम्मेदवार ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन



अ+ अ-

काठमाडौँ। प्रतिपक्षमा रहेका तीन दलले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिनुभएकी श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरलाई समर्थन गरेका छन् ।

सभाको आजको बैठकमा उपसभामुख पदका उम्मदेवारको प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका बासना थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहम्मद इस्तियाक राई र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रमेश मल्लले वर्तमान राजनीतिक प्रणालीको पक्षधर तथा मधेसी समुदायको उम्मेदवार भएकाले आफूहरूको समर्थन ठाकुरलाई हुने बताउनुभयो ।

उहाँहरूले निर्वाचित भएपछि उपसभामुख ठाकुरले तटस्थ, निष्पक्ष र सन्तुलित रूपमा भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभयो । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले ठाकुरका लागि समर्थन गरेकामा सबैलाई धन्यवाद दिनुभयो । रासस