५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुल्गेरिया पठाइदिन्छु भन्दै ९१ लाख ठगी गर्ने दुई जना पक्राउ



अ+ अ-

काठमाडौं: वैदेशिक रोजगारीका लागि बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार आकर्षक तलबको प्रलोभन देखाई बुल्गेरिया पठाइदिन्छु भन्दै रकम असुली गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सल्यान घर भई हाल ललितपुर बस्दै आएका ३२ वर्षीय दिपेन्द्र केसी र सल्यानकै २४ वर्षीय घने बुढा रहेका छन्। उनीहरूले पीडितहरूबाट वैदेशिक रोजगारीको नाममा करिब ९१ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले पीडितहरूलाई लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन हुने गरेका थिए। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।




भर्खरै