९ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् पहिचानको नक्सा बनाउँदै काठमाडौँ महानगरपालिका



अ+ अ-

काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु गरेको छ । कामपाको ३२ वटै वडामा रहेका खुला स्थान र विपद्को जोखिमपूर्ण क्षेत्रको पहिचानसहित ती स्थानको नक्सा बनाउने काम भइरहेको जनाएको छ । नेपाल रेडक्रम सोसाइटीको सहयोगमा जोखिम क्षेत्रको नक्सा बनाउने काम भइरहेको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । भूकम्प र आगलागीजस्ता विपद्का दृष्टिकोणले काठमाडौँ जोखिमपूर्ण मानिएको छ ।

विपद्का घटनालाई आधारमानी जोखिमको उपाय अवलम्बन गरिएको उनले बताए । उनले भने, “प्राकृतिक विपद्को दृष्टिकोणले जोखिम रहेको छ । क्षति न्यूनीकरणका लागि वडास्तरीय प्रशिक्षणको काम भइरहेको छ ।” कामपाले वडा २१, ७ र १२ मा विपद् व्यवस्थापनको लागि वडावासीलाई तालीमको व्यवस्था गरिसकेको जनाएको छ । बाँकी वडामा गर्ने तयारी रहेको रहेको छ । विपद्को समाधान गर्न ३२ वटै वडामा वडास्तरीय समिति पनि चयन गरेको छ ।

ती समिति नौ सदस्य रहने व्यवस्था गरिएको छ । समितिको संयोजकमा वडाध्यक्ष वा वडाध्यक्षले तोकेको वडासदस्य रहने व्यवस्था छ । हरेक वडामा २५ देखि ४० जनासम्म स्वयंसेवक रहन सक्ने व्यवस्था गरिएको छ । समितिले कामपा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ अनुरुप काम गर्नेछ । आगलागीका घटना नियन्त्रणका लागि दमकल खरीद र दमकल स्टेशन निर्माण कार्य भइरहेको छ । भूकम्पीय क्षति कम गर्नका लागि भूकम्प प्रतिरोधात्मक भवन निर्माण जोड दिइएको छ ।




भर्खरै