३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने

सुबिसु र APAC IPv6 Council बीच सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच सहकार्य सम्झौता
अ+ अ-

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एसिया–प्रशान्त क्षेत्रमा IPv6 प्रवर्द्धनका लागि समर्पित APAC IPv6 Council बीच सहकार्य सम्झौता (MoU) मा हस्ताक्षर भएको छ।

होटल र्याडिसन, काठमाडौंमा आयोजित चौथो APAC IPv6 Council Meet को पहिलो दिन सम्पन्न उक्त सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

सम्झौतामा सुबिसुका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन सउद तथा APAC IPv6 Council का अध्यक्ष प्रो. इमेरिटस डा. सुरेश्वरन रामादास ले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार दुई संस्थाबीच प्राविधिक ज्ञान आदानप्रदान, विशेषज्ञ आदानप्रदान, संयुक्त प्रकाशन तथा परस्पर प्रचार–प्रसारमा सहकार्य हुनेछ। साथै, सुबिसुले APAC IPv6 Council को संस्थागत सदस्यका रूपमा सहभागी हुने अवसर प्राप्त गर्नेछ।

सुबिसुका CEO सउदले नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्मेलन आयोजना गर्दै APAC IPv6 Council सँग औपचारिक साझेदारी गर्न पाउनु गर्वको विषय भएको बताए। उनका अनुसार उक्त सहकार्यले नेपाललाई एसिया–प्रशान्त क्षेत्रको प्रविधि विमर्शको केन्द्रमा स्थापित गर्न सहयोग पुर्‍याउनेछ।

APAC IPv6 Council, IPv6 Forum को एसिया–प्रशान्त च्याप्टर हो, जसले यस क्षेत्रमा IPv6 को प्रवर्द्धन र विस्तारका लागि काम गर्दै आएको छ।

सम्झौताका मुख्य सहकार्य क्षेत्रहरूमा प्राविधिक कागजात तथा उत्कृष्ट अभ्यासहरूको आदानप्रदान, प्रकाशनमा लेखरचना योगदान, नाम तथा लोगोको परस्पर प्रयोग र ज्ञान साझाकरणका लागि विशेषज्ञ आदानप्रदान समावेश छन्।

यो सम्झौताले नेपालको ‘डिजिटल नेपाल’ अभियान लाई थप बल पुग्ने र देशको इन्टरनेट पूर्वाधारलाई वैश्विक मानदण्डअनुरूप विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

IPv6 को अवलम्बन भविष्यको इन्टरनेट विस्तार, IoT तथा क्लाउड कम्प्युटिङ का लागि महत्वपूर्ण मानिन्छ।

विगत २५ वर्षदेखि नेपालमा ब्रोडब्यान्ड, इन्टरप्राइज कनेक्टिभिटी तथा डिजिटल सेवा प्रदान गर्दै आएको सुबिसुले यस सहकार्यसँगै नेपालको प्राविधिक समुदायलाई क्षेत्रीय तथा वैश्विक मञ्चमा प्रतिनिधित्व गर्ने अवसर थप मजबुत बनाएको जनाएको छ।