२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा आईएसविरुद्धको देशव्यापी कारबाहीः १९८ संदिग्ध जेल चलान



अ+ अ-

काठमाडौँ। इस्तानबुलको एक प्रहरी चेकप्वाइन्टमा भएको सशस्त्र आक्रमणपछि इस्लामिक स्टेट (आईएस) विरुद्ध देशभर चलाइएको अपरेसनमा टर्कीका अधिकारीहरूले १९८ संदिग्धहरूलाई जेल पठाएका छन् ।

न्यायमन्त्री अकिन गुर्लेकले यसबारे जानकारी दिनुभएको हो । देशका ३४ वटा प्रान्तहरूमा गरिएको समन्वयात्मक छापामा कुल २७३ व्यक्तिहरूविरुद्ध कानूनी कारबाही शुरु गरिएको थियो ।

जसमध्ये १९८ जनालाई अदालतले औपचारिक रूपमा पुर्पक्षका लागि हिरासतमा पठाउने आदेश दिएको छ । मंगलवार इस्तानबुलस्थित इजरायली वाणिज्य दूतावास नजिकै तीन आक्रमणकारीले प्रहरी सुरक्षा बिन्दुमा गोली चलाएपछि यो व्यापक धरपकड शुरु गरिएको हो ।

उक्त भिडन्तमा एक आक्रमणकारी मारिएका थिए भने दुई प्रहरी अधिकारी र दुई आक्रमणकारीसहित अन्य चार जना घाइते भएका थिए । न्यायमन्त्री गुर्लेकका अनुसार यी अपरेसनहरू देश भित्र र सीमा क्षेत्रमा रहेका सुरक्षा खतराहरूलाई निस्तेज पार्ने बृहत्तर प्रयासको हिस्सा हुन् ।

टर्कीले हालका वर्षहरूमा आफ्नो आन्तरिक सुरक्षा व्यवस्थालाई निकै कडा बनाएको छ र आईएस नेटवर्कका साथै अन्य प्रतिबन्धित समूहहरूमाथि नियमित रूपमा छापा मार्दै आएको छ ।

टर्की सरकारले सन् २०१३ मा आईएसलाई आतंकवादी संगठनको रूपमा घोषणा गरेको थियो। त्यसयता टर्कीले यस समूहबाट भएका थुप्रै घातक आक्रमणहरू सामना गरिसकेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल