१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलाबे नदीमा बेलिब्रिज निर्माण गरिँदै



अ+ अ-

पर्सा। पर्साको तिलावे नदीमा बेलिब्रिज निर्माण थालिएको छ ।

ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको तिलावेमा पुल निर्माण कार्य रोकिएको  झन्डै डेढ वर्षपछि बेलिब्रिज निर्माणको काम अघि बढेको हो ।

विक्रम संवत् २०८१ को बर्सातका कारण तिलावेमा पुल निर्माण कार्य रोकिएको थियो । पुल नभएपछि सो क्षेत्रमा सवारीसाधन गुडाउन समस्या हुँदै आएको छ ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजप्रसाद पटेलले तिलाबे नदीमा रहेको पुल भत्किएको स्थानभन्दा केही तल करिब ४८ मिटर लामो बेलिब्रिज निर्माणको काम अघि बढाइएको बताउनुभयो ।

“तिलाबे पुलको पिलर क्षतिग्रस्त भएसँगै गत मङ्सिर महिनामा बेलिब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको होे,” उहाँले भन्नुभयो, “ठेक्का सम्झौताअनुसार तिलावेमा बेलिब्रिज २०८३ वैशाख अन्तिमसम्म निर्माण सम्पन्न हुनुपर्नेछ ।”

जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले तिलावे नदीमा बेलिब्रिज निर्माणका लागि २०८२ मङ्सिर २९ गते रु दुई करोड ४६ लाख ६० हजारमा ठेक्का सम्झौता गरेको थियो । वीरगञ्ज महानगरदेखि ग्रामीण क्षेत्रमा जाने व्यस्त सडकमा पर्ने पुल निर्माणमा ढिलासुस्ती हुँदा यहाँका सर्वसाधारण सास्ती भोग्दै आएका छन् ।

निर्माण कम्पनी ममता इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सन प्रालिका इन्जिनियर मनोजकुमार मण्डलले तिलावे पुलको बेलिब्रिज निर्माणको काम ३० प्रतिशत सम्पन्न भएको बताउनुभयो ।

तोकिएको समयमै काम सम्पन्न गर्ने उहाँले बताउनुभयो । अहिले सो ठाउँमा डाइभर्सन गरेर अस्थायी रूपमा सवारीसाधन सञ्चालन गरिँदै आएको छ ।  रासस