२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राङ्गणभित्र फेला परेको बम निस्क्रिय गरियो



अ+ अ-

जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ । आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम बिहान साढे १० बजेतिर नेपाली सेनाको बम टोलीले निस्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

नेपाली सेनाको रणभीम गणको टोलीले चौरमा ल्याएर सो ठाउँमा खाल्डो खनेर, चारैतिरबाट बोरामा बालुवा राखी घेरेर सुरक्षितपूर्वक निस्क्रिय गरेको तथा कुनै पनि मानविय र भौतिक क्षति नभएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।