३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

वनमन्त्री स्पेन प्रस्थान

वनमन्त्री स्पेन प्रस्थान
अ+ अ-

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन (कोप–२५) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति स्पेन प्रस्थान गर्नुभएको छ ।

स्पेनको म्याड्रिडमा भइरहेको कोप-२५ को विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । म्याड्रिड प्रस्थानअघि मन्त्री बस्नेतले हिमालयहरुमा हिउँ पग्नले क्रम तीव्र रुपमा बढेकाले विश्व तापमानमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेकोतर्फ नेपालले सभाको ध्यानाकर्षण गराउने बताउनुभयो । साथै उहाँले त्यसबाट उत्पन्न विषम परिस्थितिको सामना गर्ने सम्बन्धमा योजना तय गर्ने प्रस्ताव राख्ने जानकारी गराउनुभयो ।

सम्मेलनमा नेपालले अधिक कार्बन उत्सर्जन गरिरहेका विकसित मुलुकहरुले नेपालजस्ता जलवायु परिवर्तनमा कम योगदान भएर पनि अतिप्रभावित गरिब तथा तेस्रो मुलुकले क्षतिपूर्तिस्वरुप पाउनुपर्ने ‘हरित जलवायु कोष’ उपलब्ध गराउन लबिङ गर्ने बताइएको छ । यसअघि दक्षिण अमेरिकी मुलुक चिलीको सान्टियागोमा तय भएको कोप–२५ त्यहाँको सरकारले विषम राजनीतिक परिस्थितिका कारण व्यवस्थापन गर्न सक्षम नरहेको बताएपछि सम्मेलनको स्थल स्पेन सारिएको हो ।

यही मङ्सिर १६ मा शुरु भएर २७ गतेसम्म चल्ने सम्मेलनमा विश्वका १९७ मुलुकका राष्ट्र तथा सरकार प्रमुख, वातावरणमन्त्रीका साथै जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधि सहभागी छन् । मन्त्री बस्नेत सम्मेलनमा सहभागी भएर मङ्सिर २९ गते स्वदेश फर्कने कार्यक्रम छ ।