१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लापसे गरेर गाडी चलाउने छ जना पक्राउ



अ+ अ-

काठमाडौँ। चन्द्रागिरि नगरपालिका २ नागढुङ्गा चेक पोष्टमा लागुपदार्थ सेवन (लापसे) गरेर सार्वजनिक सवारीसाधन चलाउने छ जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

यहाँ आज गरिएको जाँचमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने ट्रक चालक चार जना, सार्वजानिक यात्रुवाहक सवारीसाधन (भाडाबस) चालक एक जना, माइक्रोबस चालक एक जना गरी छ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीसहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा उनीहरू समातिएका हुन् ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी प्रभाग नागढुङ्गा काठमाडौँ पठाइएको छ । यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी चलाउनु आफैँमा नियमविपरीत तथा दण्डनीय कार्य भएको पनि उहाँले बताउनुभयो ।

यसरी सवारीसाधन चलाउँदा चालकको मात्र नभई यात्रीहरूको जीवनसमेत जोखिममा पर्ने हुनाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ । रासस