१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

घँसियारन समुदायको पुख्र्यौली पेशा सङ्कटमा



अ+ अ-

बाँके । पुख्र्यौदेखि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ र १३ मा बसोबास गर्दै आएका घँसियारन समुदायको जीवन निर्वाहको मुख्य स्रोत ‘घाँस’ हो ।

घरका महिला दिनभरि घाँसको खोजीमा भौतिरिन्छन् । अरूका घरआँगन र सार्वजनिक स्थलबाट काटेर ल्याएको घाँस बिक्री गरेको रकमबाट यी समुदायको दैनिकी चल्ने गर्दछ ।

यी दुई वडामा घँसियारन समुदायका करिब ६५ परिवार छन् । एक÷दुई कोठाको कुचुक्क परेको ‘खपडा’ ले छाएको सानो घरमा अटसमटस गरी जीवन निर्वाह गर्नु घँसियारन समुदायको नियति नै बनेको छ । परिवारका पुरुष दैनिक ज्यालादारीमा काम गर्ने, खाल्डाखुल्डीमा माछा मार्ने गर्दछन् । परिवारका अधिकांश बालबालिका विद्यालय जादैनन्, गएकाहरु प्नि बीचमै अध्ययन छाडने गरेको यो समुदायका लागि काम गरेको बाँके युनेस्को क्लबका कार्यक्रम निर्देशक रवि तुलाधर बताउनुहुन्छ ।

घाँस बिक्री गरेर जीवन निर्वाह गर्नु पनि यो समुदायका लागि अहिले कठिन बनेको छ । विगतमा नेपालगञ्जमा टाँगा र एक्का व्यवसायी घाँस खरिदकर्ता हुने गर्र्थे । नेपालगञ्जबाट टाँगा र एक्का क्रमशः विस्थापित हुँदै गएपछि घाँस बिक्री हुन छाडेको छ ।

“एक्का, टाँगाको स्थान ई—रिक्साले लिएपछि अहिले नेपालगञ्जमा मुश्किलले १०÷१२ वटा घोडाका लागि मात्र घाँस बिक्री हुने गरेको छ”, नेपालगञ्ज—८ घाँसियारा लक्ष्मण केवटको भनाइ छ । घाँसको बिक्री धेरै कम भएपछि उनीहरुको पेशा अहिले सङ्कटमा पर्दै गएको उहाँले बताउनुभयो ।

घँसियार समुदाय विपन्न तथा लोपोन्मुख समुदायमा पर्दछन् । सामाजिक वहिष्कार र छुवाछूतका कारण उनीहरु अहिले आप्mनो थर केवट लेखाउँछन् । राज्यबाट पनि कुनै सुविधा नपाएको उनीहरुको गुनासो छ । दलित वर्गमा पनि उनीहरु नपरेपछि राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुँदै आएको वडा नं। ८ का अध्यक्ष सुरेशकुमार वैश्यले बताउनुभयो ।

घाँस कम मात्रामा बिक्री हुन थालेपछि घँसियारा समुदायका महिला र पुरुष अहिले अरूका घरमा भाडा माभ्mने, दुनाटपरी बनाउने र सरसफाइको काम गर्न थालेका छन् । के जाडा,े के घाम के पानी के शीत बाह्रै महिना घाँस काटेर बिक्री गर्नु घसियारन समुदायको दैनिकी नै बनेको छ ।