९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

घँसियारन समुदायको पुख्र्यौली पेशा सङ्कटमा



अ+ अ-

बाँके । पुख्र्यौदेखि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ र १३ मा बसोबास गर्दै आएका घँसियारन समुदायको जीवन निर्वाहको मुख्य स्रोत ‘घाँस’ हो ।

घरका महिला दिनभरि घाँसको खोजीमा भौतिरिन्छन् । अरूका घरआँगन र सार्वजनिक स्थलबाट काटेर ल्याएको घाँस बिक्री गरेको रकमबाट यी समुदायको दैनिकी चल्ने गर्दछ ।

यी दुई वडामा घँसियारन समुदायका करिब ६५ परिवार छन् । एक÷दुई कोठाको कुचुक्क परेको ‘खपडा’ ले छाएको सानो घरमा अटसमटस गरी जीवन निर्वाह गर्नु घँसियारन समुदायको नियति नै बनेको छ । परिवारका पुरुष दैनिक ज्यालादारीमा काम गर्ने, खाल्डाखुल्डीमा माछा मार्ने गर्दछन् । परिवारका अधिकांश बालबालिका विद्यालय जादैनन्, गएकाहरु प्नि बीचमै अध्ययन छाडने गरेको यो समुदायका लागि काम गरेको बाँके युनेस्को क्लबका कार्यक्रम निर्देशक रवि तुलाधर बताउनुहुन्छ ।

घाँस बिक्री गरेर जीवन निर्वाह गर्नु पनि यो समुदायका लागि अहिले कठिन बनेको छ । विगतमा नेपालगञ्जमा टाँगा र एक्का व्यवसायी घाँस खरिदकर्ता हुने गर्र्थे । नेपालगञ्जबाट टाँगा र एक्का क्रमशः विस्थापित हुँदै गएपछि घाँस बिक्री हुन छाडेको छ ।

“एक्का, टाँगाको स्थान ई—रिक्साले लिएपछि अहिले नेपालगञ्जमा मुश्किलले १०÷१२ वटा घोडाका लागि मात्र घाँस बिक्री हुने गरेको छ”, नेपालगञ्ज—८ घाँसियारा लक्ष्मण केवटको भनाइ छ । घाँसको बिक्री धेरै कम भएपछि उनीहरुको पेशा अहिले सङ्कटमा पर्दै गएको उहाँले बताउनुभयो ।

घँसियार समुदाय विपन्न तथा लोपोन्मुख समुदायमा पर्दछन् । सामाजिक वहिष्कार र छुवाछूतका कारण उनीहरु अहिले आप्mनो थर केवट लेखाउँछन् । राज्यबाट पनि कुनै सुविधा नपाएको उनीहरुको गुनासो छ । दलित वर्गमा पनि उनीहरु नपरेपछि राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुँदै आएको वडा नं। ८ का अध्यक्ष सुरेशकुमार वैश्यले बताउनुभयो ।

घाँस कम मात्रामा बिक्री हुन थालेपछि घँसियारा समुदायका महिला र पुरुष अहिले अरूका घरमा भाडा माभ्mने, दुनाटपरी बनाउने र सरसफाइको काम गर्न थालेका छन् । के जाडा,े के घाम के पानी के शीत बाह्रै महिना घाँस काटेर बिक्री गर्नु घसियारन समुदायको दैनिकी नै बनेको छ ।