१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

६ हजार खेतीयोग्य जमीन बाँझै

६ हजार खेतीयोग्य जमीन बाँझै
अ अ+ अ-

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५, ७ र ८ का स्थानीय बासिन्दाले यो वर्ष पनि बर्खेबाली भित्र्याउन नपाएको गुनासो गरेका छन् । बाँदरले खेतमा लगाएको बर्खेबाली सखाप पारेपछि भित्र्याउन नपाएको स्थानीयवासी डम्मर टमाटाले जानकारी दिनुभयो ।

गत पाँच वर्षयता खेतमा लगाएको बाली भित्र्याउन नपाएको उहाँले गुनासो गर्नुभयो । बाँदरले सबै बाली सखाप पार्दा खेतमा लगाएको अन्न भित्र्याउन नपाएको स्थानीय लक्ष्मी भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पाँच वर्षयता खेतमा लगाएको अन्न कति पनि भित्र्याउन सकिएको छैन ।”

बाँदरले खेतमा लगाएको अन्नबाली, फलफूल र तरकारी नष्ट गरेपछि स्थानीय बासिन्दा हैरान बनेका छन् । खेतमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि अधिकांशले खेत बाँझै छोडेको स्थानीय प्रेम कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “खेतमा लगाएको अन्नबाली बाँदरले सखाप पार्दा स्थानीयवासीहरु खेत बाँझै छाड्न बाध्य भएका हौँ ।”

यसैबीच नगरका विभिन्न क्षेत्रमा रहेको बाँदर आतङ्क रोक्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले तयार पारेको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनामा बाँदर आतङ्कले किसानहरु हैरान भएको तथ्याङ्क रहेकाले बजेट विनियोजन गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नगरपालिकाले बजेट विनियोजन गरे पनि बाँदर नियन्त्रण गर्ने उपाय भने खोज्न सकिएको छैन ।”

बाँदर धपाउनका लागि आवश्यक उपायको खोजी भइरहेको समेत नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नगरवासीहरुले बाँदर नियन्त्रणको माग राखेकाले बजेट विनियोजन गरिएको हो ।”

बैतडीमा पछिल्लो समय खेतीयोग्य जमीन बाँझै रहन थालेको छ । जङ्गली जनावरको आतङ्क र बसाइँसराइका कारणले छ हजार हेक्टर खेतीयोग्य जमीन बाँझै रहेको कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ ।

बैतडीमा ३१ हजार ४५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन रहेको भए पनि हाल २५ हजार ७०० हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार किसानहरुले जङ्गली जनावर बाँदर र बँदेलको आतङ्कले बढीजसो खेतीयोग्य जमीन बाँझै छोड्ने गरेको बताउनुभयो । आव २०७४÷०७५ मा २० हजार ९०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदै आएको भए पनि हाल घटेर १७ हजार ५०० हेकटरमा मात्रै गहुँखेती गरिन्छ ।

यस्तै बैतडीको प्रमुख खाद्यबाली मकै उत्पादन हुने क्षेत्रफल पनि घटेको छ । आव २०७४÷०७५ मा १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकैखेती गरिँदै आएको भए पनि हाल घटेर १२ हजार २०० हेक्टरमा मात्रै गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । धानखेती भने नौ हजार हेक्टर क्षेत्रफमा पहिलाकै जति गरिँदै आएको छ ।

बैतडीको पाटन, हाट, सलेना, गाकुलेश्वर, रुद्रेश्वर, उदयदेव, विशालपुर धान र गहुँखेतीका पकेट क्षेत्र हुन् भने जिल्लाका सबैजसो स्थानमा मकैखेती गरिन्छ ।