१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

भारतको अर्को दादागिरी, नेपालीहरु मर्कामा

भारतको अर्को दादागिरी, नेपालीहरु मर्कामा
अ अ+ अ-

वीरगञ्ज । भारतीय पक्षले यसपालि गण्डक नहरमा पानी नछाड्ने भएपछि पर्सा, बारा तथा रौतहट जिल्लामा यस वर्ष गहुँ खेती प्रभावित हुने भएको छ । भारतीय पक्षले गण्डक नहरमा गहुँ खेतीका लागि डिसेम्बर तेस्रो साता ९पुस १५० भित्र पानी छोडी सक्नुपर्नेमा भारत पश्चिम चम्पारणस्थित १०६ दशमलव ४५ आरडीमा लोकल ड्रेन साइफनको मर्मतसम्भार गर्ने गरेकाले यस वर्ष गहुँ खेतीका लागि गण्डक नहरमा पानी नछोडिने भएको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगञ्जले जनाएको छ ।

सो साइफनको मर्मतसम्भार भइरहेकाले भारत पश्चिम चम्पारण रामनगरस्थित दोन शाखाबाट पत्र पठाई यसपालि गहुँ खेतीका लागि गण्डक नहरमा पानी नछाड्ने पत्र प्राप्त भएको जनाउँदै सूचना अधिकारी सुरेशप्रसाद साहले राससलाई भन्नुभयो, “भारतीय पक्षले धानबालीका लागि गण्डक नहरमा पानी छोड्ने गरे पनि यसपालि गहुँ सिजनमा गण्डक नहरमा पानी नछाड्दा नदी, पोखरी, तलाउ, कुलो र पम्पसेटको सहाराले गहुँ खेती गर्नुपर्ने बाध्यता आइलागेको छ ।”

“मध्य तराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहट जिल्लाका किसान गण्डक नहरमा यस वर्ष पानी नछाड्दा गहुँ खेती राम्रोसँग गर्न सकिएको छैन”, किसान शेषमन पण्डित भन्नुहुन्छ, “आकाशे पानीको भरमा थोरै बीउ लगाए पनि पानीको अभावमा पूर्णरुपमा गहुँ खेती गर्न सकिएको छैन ।”

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछोड्दा कतिपय ठाउँमा साना सिँचाइमार्फत किसानले गहूँ खेती गर्न सम्बन्धित निकायले वैकल्पिक व्यवस्था गर्नुपर्ने जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले बताउनुभयो ।

भारतीय पक्षले नेपालतर्फको ८१ किलोमिटर लामो गण्डक नहरमा वर्षको दुईचोटि पानी छोड्ने गर्छ । गण्डक नहरको चार दशकको लामो इतिहास छ । समयमा नहरमा पानी नछोड्दा पर्सा, बारा तथा रौतहटका ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा किसानले लगाउने गहुँ खेती यस वर्ष ढिलो हुने तथा प्रभावित हुने किसानको ठम्याइ रहेको छ ।

भारतीय भूमि हुँदै गण्डक नहरको पानी पश्चिमी पर्साको जानकीटोलबाट शुरु भई पर्सा, बारा हुँदै रौतहटको बागमती नदीमा मिसिने गरिन्छ । नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नहरमा ८५० क्युसेक पानी छोड्नुपर्ने सम्झौता भएको छ ।

उर्वराभूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हुँदाहुँदै यस वर्ष गहुँ छर्ने याममा गण्डक नहरमा पानी नआउँदा किसान समयमा खेती गर्न नसकिएको हो । सरकारले आर्थिक समृद्धिका लागि कृषिलाई प्राथमिकतामा राखेको भए पनि समयमा गण्डक नहरमा भारतीय पक्षले पानी नछोड्दा किसानलाई मानो रोपेर मुरी फलाउन समस्या भएको किसानको गुनासो छ ।