१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नयाँ बालुवाटार काण्ड, नेकपाका नेताले खाए अर्बौं रुपैयाँको जग्गा

नयाँ बालुवाटार काण्ड, नेकपाका नेताले खाए अर्बौं रुपैयाँको जग्गा
अ अ+ अ-

बिर्तामोड । बालुवाटार भाग २ जग्गा काण्डलाई ढाकछोप गर्न नेकपाका केही नेताहरुले प्रयास थालेका छन् ।

काठमाडौंको बालुवाटार जग्गा काण्ड सेलाउन नपाउँदै त्यो भन्दा ठूलो काण्ड झापाको बालुवाटारमा भएको हो । झापाको दमक स्थित बालुवाटार जग्गा घोटालामा पनि नेकपाकै नेताहरु संलग्न भेटिएका छन् ।

झापा बालुवाटारको जग्गा घोटाला काण्ड नेपालको अहिलेसम्मकै ठूलो जग्गा घोटाला काण्ड भएको बताइएको छ । नेपाल प्रहरीको सिआईबीले सो जग्गा घोटाला छानबिन गरिरहेको छ । सिआईबीले अहिलेसम्मको सबैभन्दा ठूलो भ्रष्टाचार छानविन बालुवाटार घोटाला काण्ड भएको बताइएको छ । तर, नेकपाका केही नेताहरुको दवाबका कारण सिआईबी ब्याक हुने र अपराधी नेताहरु चोखिने सम्भावना पनि बढेको छ ।

के हो घोटाला काण्ड ?

झापाको दमक नगरमा राजमार्गबाट दक्षिणतर्फ बालुवाटार छ । वडा नम्बर ८ मा पर्छ । काठमाडौंको बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास छ भने झापाको बालुवाटारमा नेकपाको भव्य पार्टी कार्यालय छ । सो कार्यालयको दक्षिणतर्फ ठूलो फाँट छ । त्यहिँको जग्गा झापाका नेकपाका शशक्त नेता गगन पुरीको समूहले किर्ते गरेको हो ।

रतुवा नदीबाट पश्चिम र दिपेनी खोलाबाट उत्तरमा रहेको सो ठाउँको जग्गा कठ्ठाको ५० लाखभन्दा धेरै पर्छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार करिब ५० बिगा जग्गा घोटाला भएको छ । ५० बिगाको करिब ५ अर्ब रुपैयाँ हुन आउँछ ।

सो जग्गामा विगतमा करिब ८८ परिवार सुकुम्वासी बस्थे । उनीहरुलाई जग्गा दिने प्रक्रिया सुरु गरिएको थियो । तर २०४० सालतिर रतुवा खोलामा बाढी आउँदा बस्ती बगायो । पूरै वस्ती बालुवाले भरियो । उनीहरुले ठाउँ छाड्नपर्यो । जग्गाको लालपुर्जा पनि सुकुम्वासीले पाएनन् ।

पछि रतुवा खोलामा तटवन्ध बनाइयो । तटबन्ध बनेपछि विगतमा डुबेको जग्गा मूल्यवान जग्गामा परिणत भयो । सो जग्गा किर्ते गरे हत्याउने काम गरे नेकपाका नेता गगन पुरीले । उनी दमक नगरपालिकामा तत्कालीन माओवादीबाट मेयरमा उम्मेदवार बनेर पराजित भएका थिए ।

यसरी गरियो कीर्ते

बालुवाटारको जग्गामा लालपुर्जा पाउने भनी सुकुम्वासीहरुको नाम दर्ता थियो । पछि त्यहाँ सर्पट नापी गरियो । नापी गर्दा सुकुम्वासी परिवार त्यहाँ थिएनन् । गगनले एकलौटी नापी गराए । त्यसपछि गगनले आफ्नो तथा परिवारको नाममा धनीपूर्जा बनाउने प्रयास गरे तर सुकुम्वासीको नामको जग्गा अरुलाई दिन नमिल्ने देखियो । गगनले जग्गा हत्याउन पाएनन् ।

त्यसपछि गगन पुरीले नापी र मालपोतका कर्मचारी प्रयोग गरेर ती कार्यालयको ढड्डामा विभिन्न व्यक्तिको नाम चढाएर जग्गा लिन खोजे । गत चार वर्ष बीचमा गगनको समूहले यी सबै काम गरेको अनुसन्धानबाट खुलेको छ ।

सिआईबीले गरेको छानविनमा के देखिएको छ भने विगतमा सुकुम्वासीहरुको जग्गा र त्यहाँ रहेका अन्य ऐलानी जग्गाहरुको कित्ता नम्बर नै परिवर्तन गरेर गगनको समूहले लिएको छ । यसरी लिनका लागि नापी कार्यालयको ढड्डामा पाना थप गरिएको छ । मालपोत कार्यालयको ढड्डामा पनि पाना थप गरिएको छ । सरकारी खाता किताबमा पाना नम्बर हुन्छ । खाताकिताबमा पछि पाना थप्न पाइँदैन । गगनको समूहले नापि र मालपोत कार्यालयका खाताकिताबमा पछि पाना थप्न लगाएर सो अनुसारको किर्ते धनीपुर्जा बनाएको हो । गगनको समूहमा रहेका केही कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ भने कैयन कर्मचारी फरार छन् ।

कर्मचारी प्रयोग गरेर श्रेष्ता कितामै पाना थपेर गगनको समूहले जग्गा हत्याएको हो ।

त्यसरी धनीपुर्जा बनाइएकामध्ये एक ओमप्रकाश पौडेल पनि हुन् । उनको नाममा करिब १३ बिगा जग्गा देखिएको छ । प्रहरीले उनलाई पक्राउ गर्यो । उनले गगन पुरीले आफ्नो नाममा जग्गा राखेको वयान सिआईबीलाई दिए । कीर्ते कागज सम्पूर्ण गगनले नै बनाइदिएको खुलासा गरे । उनी मोरङका एक गरिब किसान तथा साधारण मजदुर भएको बताइएको छ । सिआईबीले खोज्दै जाँदा सो क्षेत्रको करिब ५० बिगाहा जग्गा गगनले विभिन्न नाममा राखेको खुल्यो । गगनले आफ्नै नाममा समेत जग्गा राखेको पाइयो ।

फरार भए गगन

सिआईबीले गगनको घरमा छापा मार्यो । उनी फरार भए । उनको घरबाट दर्जनौं किर्ते कागज फेला पारेको छ । उनले गगन पुरी र रेवतराज पुरी दुई नाममा नागरिकता बनाएको समेत पाइयो । दुईटा नागरिकता बनाएको विषयमा पनि गगन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।

घरमा छापा मारिएपछि गगन फरार भएका छन् । उनी फरार भएसँगै नेकपाका कतिपय नेताहरु गगनलाई जोगाउने, उनले बालुवाटारमा किर्ते गरी कब्जा गरेको जग्गा जोगाएर भित्रभित्रै बाँडफाँड गर्ने दाउमा लागेको बुझिन्छ ।

सिआईबीका एक अधिकारीका अनुसार दमक बालुवाटार जग्गा प्रकरणमा अहिले मुख्य रुपमा देखिएका गगन पुरी हुन् । त्यसबाहेक झापाका नेकपाका कैयौं नेताहरु पनि संलग्न भएको आशंका गरिँदैछ । त्यसैकारण बालुवाटार जग्गा घोटाला प्रकरणबाट सिआईबीको अनुसन्धानलाई निष्क्रिय तुल्याउने प्रयास भइरहेको बुझिन्छ ।

डिज्ने पार्क

दमकमा विश्व स्तरीय डिज्ने पार्क बनाइने भनी प्रचारमा आएको छ । नेपालका चर्चित नवधनाढ्य अजेयराज सुमार्गी, प्रधानमन्त्रीका स्वकिय सचिव इन्द्र भण्डारी, नेकपा केन्द्रीय सदस्य देवेन्द्र दाहाल, दमकका ठेकेदार गणेश बस्नेत लगायतका नेताहरुको १६ अर्ब रुपैयाँ लगानीमा बनाइने भनिएको डिज्ने पार्क यही बालुवाटारमा हो र जग्गा पनि गगनले किर्ते गरेर लिएको जग्गा नै हो ।

गगनले एकातिर डिज्ने पार्क बनाउने भनेर प्रक्रिया चलाइरहेका थिए भने अर्कातिर जग्गा बेच्न पनि प्रयास गरिरहेका थिए । तर नापि कार्यालयले जग्गा बेच्न कित्ताकाट गर्न मानिरहेको थिएन । गगनले राजनीतिक दवाब दिइरहेका थिए । अवैध र कीर्ते जग्गा र धनीपुर्जाको आधारमा कित्ताकाट गरेर जग्गा किनबेच गराउन नापि कार्यालयभित्र प्रक्रिया थालिएको थियो । तर, केही कर्मचारीले फसिन्छ भन्दै मानिरहेका थिएनन् । गगनको समूहले कडा राजनीतिक दवाब दिन थालेपछि केही इमानदार कर्मचारीले सिआईबीलाई यो जानकारी दिए । त्यसपछि मात्र जग्गा घोटालाको पोल खुलेको हो ।

गगनको समूहले झापा र मोरङको अन्य ठाउँमा पनि जग्गा घोटाला गरेको हुनसक्ने भन्दै सिआईबीले छानबिन अगाडि बढाइरहेको छ । छानबिन अगाडि बढेको अवस्थामा नेकपाका धेरै नेताको पोल खुल्नसक्ने भएकाले झापा बालुवाटार जग्गा घोटाला काण्डलाई ढिसमिस पारिने सम्भावना बढेको छ ।