१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल फाइनलमा पराजित भएपछि प्रशिक्षकले दिए राजीनामा



अ+ अ-

काठमाडौं । साग अन्तर्गत पोखरामा भएको महिला फुटबलको फाइनलमा भारतसँग पराजित हुँदा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक खड्काले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

घरेलु मैदानमै नेपालले स्वर्ण जित्ने लक्ष्यसहित तयारी थालेको महिला टोली पुनः फाइनलमा पराजित हुन पुगेपछि प्रशिक्षकले राजीनामा दिएका हुन् ।

यसअघि फागुनमा भएको साफ च्याम्पियनसिपमा पनि नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । प्रशिक्षकबाट राजीनामा दिएका खड्काले एन्फासँगको सहकार्य निरन्तर रहने बताएका छन् ।