२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : पिएसजी विजयी, बार्सिलोना स्तब्ध



अ+ अ-

काठमाडौं: युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज राति भएका खेलमा फ्रेन्च क्लब पिएसजी र स्पेनी क्लब एटलेटिको म्याड्रिडलाई सफलता प्राप्त भएको छ ।

पहिलो लेगका यी खेलहरुमा पिएसजीले इङलिस क्लब लिभरपुललाई २-० गोल अन्तरले पराजित गरेको छ । पिएसजी गतवर्षको च्याम्पियन पनि हो ।

पिएसजीको गृह मैदान पार्क डेस प्रिन्सेसमा भएको यस खेलमा पिएसजीका लागि डिजायर डाउले ११औं तथा ६५औं मिनेटमा भिचा भत्स्खेलियाले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गरेका थिए ।

इङलिस प्रिमियर लिगमा पनि यस सिजन लय गुमाएको आर्ने स्लटको लिभरपुलमाथि पूरै खेल अवधिभर पिएसजी हाबी भएको थियो । पिएसजीले ७४ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्नुका साथै १७ पटक लिभरपुलको पोस्टमा प्रहार गरेको थियो ।

निरिह झैं देखिएको लिभरपुलले भने तीन पटक मात्र पिएसजीको गोलपोस्टमा प्रहार गरेको थियो ।

उता, स्पेनी महारथी बार्सिलोना स्पेनी अर्को क्लब एटलेटिको म्याड्रिडसँग स्तब्ध भएको छ ।

बार्सिलोनाको गृहमैदान क्याम्प नाउमा भएको यस प्रतिस्पर्धामा बार्सिलोनाले एटलेटिको माथि निरन्तर प्रहार गरे पनि गोल गर्न सकेन, र खेल २-० ले गुमायो ।

एटलेटिकोका लागि जुलियन एल्भारोले ४५औं तथा अलेक्जान्डर सोर्लोथले ७०औं मिनेटमा गोल गरे ।

अब यी दुई बीच अप्रिल १५ मा दोस्रो लेगको खेल हुनेछ । Agency