३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा दोहोरो अङ्कको वृद्धि



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबारमा उल्लेख्य सुधार देखिएको छ । धेरै समयपछि नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत २.६५ विन्दुले सुधार भई २५३.१७ मा पुगेको छ ।

नेप्सको उकालो यात्रासँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर रु ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरीद बिक्री भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयर बढेको छ । अन्य ०.७४ विन्दुले घटेको छ भने सामूहिक लगानी कोष तटस्थ देखिएको छ । बैंकिङ ७.९१, व्यापार १६.६३, होटल १३.०६, विकास बैंक २८.१५, जलविद्युत् १६.८, वित्त ७, निर्जीवन बीमा १५६.३४, उत्पादन २९.७३, लघुवित्त ५०.४३ र जीवन बीमा ६०.९८ विन्दुले बढेको छ ।

कारोबारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड २८ लाख ७० हजार ८९४ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । एनएमबी बैंक रु एक करोड ८६ लाख ५७ हजार ७००, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु एक करोड ७० लाख ४६ हजार ८९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था रु एक करोड ६६ लाख ८९ हजार ३०२, हिमालयन डिस्टिलरी रु एक करोड २२ लाख ३७ हजार १३५ र प्रभु बैंक रु एक करोड १७ लाख ५४ हजार ९२७ को कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए । नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.९५, समता माइक्रोफाइनान्स वित्तीय संस्था ९.८०, मिथिला लघुवित्त वित्तीय संस्था ९.५२, आँधीखोला लघुवित्त वित्तीय संस्था ८.७१ र एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले ८.६५ प्रतिशतले कमाए । त्यस्तै, नबिल इक्विटी फण्ड ५.७४, सिभिल बैंक २.१२, एनआइसी एशिया ब्यालेन्स फण्ड १.९१, ग्लोबल आइएमई समुन्नत स्किम एक १.९१, सिद्धार्थ इक्विटी फण्ड १.८९ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.७३ प्रतिशतले गुमाएका छन् ।




भर्खरै