९ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं-तराई द्रुत मार्ग सेनाले बनाउने



अ+ अ-

काठमाडौं । काठमाडौं-निजगढ (काठमाडौं-तराई ) द्रुत मार्ग को करिब २८ दशमलव ९ किलोमिटरको काम सतप्रतिशत भएको नेपाली सेनाले जनाएको छ ।

सेनाले सोमबार पत्रकार सम्मेलन गरि सडक निर्माणका लागि आवश्यक जग हाल्ने काम २८ दशमलव ९ किलोमिटरमा सत प्रतिशत भएको जनाएको हो । कुल ११ दशमलव ३५ किलोमिटर सडकको ८० प्रतिशत र बाँकी १५ दशमलव ३ किलोमिटर सडकको काम ८० प्रतिशत भन्दा कम काम भएको सेनाले जनाएको छ । ७२ दशमलव ५ किलोमिटर लम्बाइको द्रुतमार्गमा ५५ दशमलव ५ किलोमिटर सडक, ६ दशमलव ४१ किलोमिटर सुरुङ र १० दशमलव ५९६ किलोमिटरमा पुल बन्ने नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख शरदलाल श्रेष्ठले बताउनुभयो ।

द्रुतमार्गमा तीन वटा सुरुङ मार्ग र ८७ वटा पुलहरु निर्माण हुनेछन् । विशेष प्रकारका १६ र अन्य ७१ वटा पुलहरु निर्माण हुनेछन् । त्यसैगरि तीन ठाउँमा सुरुङमार्ग निर्माण गरिनेछ । महादेवडाँडामा ३ दशमलव ३५५, धेद्रेमा १ दशमलव ६३० र लेनडाँडामा १ दशमलव ४३० किलोमिटर सुरुङ मार्ग निर्माण हुने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । द्रुत मार्ग निर्माण सम्पन्न भएपछि खोकनादेखि निजगढसम्म पुग्न १ घण्टाको समय लाग्ने छ । ४ लेनमा बन्ने सडकको पहाडी खण्डमा २५ मिटर र तराईको क्षेत्रमा २७ मिटर चौडाई हुनेछ । भौगोलिक अवस्था, कार्य जटिलता, लगायतका विषयलाई मध्यनजर गरेर निर्माण कार्यर्लाइ प्राथमिकता दिइएको सेनाले जनाएको छ । सेनाले अबको ४ वर्षभित्रमा द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने जनाएको छ । विस. २०८१ बैशाखसम्ममा द्रुत मार्ग निर्माणको काम सम्पन्न हुने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले भ्रमण वर्षको अवशरमा जंगल सफारी र लामो पदयात्रा गरिने बताउनुभयो । त्यसैगरि बहुराष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथा आरोहण, उच्च तथा समथल भूभागमा साहसिक खेल, संयुक्त राष्ट्र संघिय शान्ति स्थापना कार्यसम्बन्धि सेमिना र दोड, एकिकरण पदयात्रा गोरखाको ऐतिहासिक लिगलिगे दौड प्रतियोगिता गरिने पवक्ता पाण्डेले बताउनुभयो । त्यस्तै प्याराग्लाईडिङ र खेलकुदका माध्यमबाट मित्र राष्ट्रका सेना तथा उनीहरुका आफन्तहरुलाई आकर्षित गर्न विभिन्न किसिमका कार्ययोजना पनि नेपाली सेनाले बनाएको छ ।

सेनाले सैनिक विज्ञान तथा प्रविधि मेलाको आयोजना गर्ने पनि जनाएको छ । पहिलो पटक २०७० सालमा मेलाको आयोजना गरिएको थियो । यसपटकके मेलामा विज्ञान र प्रविधिको क्षेत्रमा दिर्घकालसम्म लागिरहने वातावरण सिर्जना गर्न सैनिक विज्ञान तथा प्रविधि मेलाले सहयोग पुग्ने बताइएको छ ।




भर्खरै