१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पढाई हुन्छ : शिक्षामन्त्री पोखरेल

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पढाई हुन्छ : शिक्षामन्त्री पोखरेल
अ अ+ अ-

सुदूरपश्चिम। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पढाई सुरु गर्ने तयारी गरिएको बताउनुभएको छ ।

विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलको अध्यक्षतामा आज बसेको विश्वविद्यालय सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले आगामी शैक्षिक शत्रदेखि पढाई सुरु गरिनुपर्छ भन्नेमा सरकार लागेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्यको विषय सरकारको प्राथमिकतामा छ, यो विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पढाई सुरु गर्नुपर्छ भन्नेमा सरकारले प्राथमिकता दिएको छ, आर्थिक हिसाबले कुनै पनि कमीकमजोरी नहोस् भन्नेमा प्रधानमन्त्रीको निर्देशन पनि छ,।” राज्यको आर्थिक स्रोतमा केही कठिनाई देखिए पनि यो विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पठनपाठन सुरु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्राडा सुनिलकुमार जोशीले विश्वविद्यालय चौथो सभामा आगामी शैक्षिक शत्रदेखि चिकित्सा शिक्षालगायतका विधा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चिकित्सा सेवा, शिक्षा र अनुशन्धान गरी तीन विषयलाई कसरी अगाडि लैजाने भन्ने विषयमा सभामा छलफल भयो ।”

कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयको प्रशासनिक भवनमा आज पहिलो पटक चौथो सभा भएको हो । यसअघिका तीन सभा काठमाडौँमा भएका थिए । यो विश्व विद्यालय नेपालको पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय हो ।

एमबिबिएस, बिएस्सी नर्सिङ, बिएस्सी, एमएलटीलगायतका विषयमा अध्ययनअध्यापन गर्ने विश्वविद्यालयका प्रस्तावित कार्यक्रम छन् । कैलालीको गोदावरी नगरपालिका–५ गेटामा विश्वविद्यालयका अत्याधुनिक भवन संरचनाको निर्माण कार्य एकडेढ वर्षअघि नै पूरा भएको थियो ।

सरकारको झण्डै रु छ अर्बभन्दा बढी लागतमा निर्माण भएका संरचनामा विश्वविद्यालय सञ्चालनका लागि नागरिक समाज, राजनैतिक दल, स्थानीयवासी लगायतले दवाबमुलक कार्यक्रम गर्दै आएका थिए । भवन संरचनाहरूको निर्माण पूरा भइसके पनि यसको सञ्चालनको प्रारूपको टुङ्गो लाग्न लामो समय लागेको थियो ।

यो विश्वविद्यालय सरकारको प्राथमिकता प्राप्त योजना हो । विसं २०६६ मा गेटा मेडिकल कलेजको नाममा भवन संरचनाको निर्माण कार्य शुरु भएको थियो । विश्वविद्यालय सञ्चालन भएपछि खासगरी सुदूरपश्चिम प्रदेशको चिकित्सा शिक्षा र गुणस्तरी स्वास्थ्यमा फड्को मार्ने विश्वास गरिएको छ । रासस