१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठककाे निर्णय, मंसिर २९ गते स्थायी कमिटी बैठक डाकियाे



अ+ अ-

काठमाडाैंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकाे सोमबार बसेको सचिवालय बैठकले एक वर्षपछि मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार २९ गते बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो । पार्टी एकतापछि दोस्रो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि स्थायी कमिटीकाे बैठक गतवर्ष मंसिर २९ गते बैठक बसेको थियो ।

सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । यसअघि स्थायी कमिटीले गरेको निर्देशन र यसअघिका सविचालय बैठकले गरेका निर्णहरुलाई बल पुग्ने गरि विधान संशोधनको तयारी नेकपाले गरेको हो । संशोधित विधान स्थायी कमिटी र केन्द्रीय कमिटीमा पेश गरेपछि कार्यान्वयनमा जाने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले विभिन्न जिल्लामा देखिएका संगठनात्मक समस्याहरुको आवश्यक छानबिन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिएको छ । बैठकमा संगठन विभाग तर्फबाट कार्ययोजना सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ । उक्त प्रस्तावका बारेमा सचिवालयका सदस्यहरुले पार्टी अध्यक्षलाई सुझाव पेश गर्ने र संगठन विभागसँग समेत परामर्श गरि अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको उनले बताए ।

नेकपाले उपनिर्वाचनको समीक्षा भने अर्को सचिवालय बैठकमा गर्ने भएको छ । प्रवक्ता श्रेष्ठका अनुसार मंसिर २७ गते बस्ने सचिवालय बैठकमा उपनिर्वाचनको समीक्षा हुनेछ । १८ गते बसेको बैठकले सम्बन्धित कमिटीहरुलाई समीक्षा रिपोर्ट पठाउन निर्देशन दिएपछि केही कमिटीहरुको रिपोर्ट प्राप्त नभएका कारण सोमबार समीक्षा नभएको श्रेष्ठले बताए ।

त्यसैगरि केन्द्रीय सल्लाहकार कमिटी, केन्द्रीय निर्वाचन आयोग, जेष्ठ नागरिक मञ्च, केन्द्रीय आयोग र विभागहरुले ७ दिनभित्र त्यससम्बन्धी प्रस्ताव महासचिव विष्णु पौडेल मार्फत प्रस्तुत गरी सचिवालय बैठकले सबै निकाय र विभागलाई पूर्णता दिने गरी निर्णय लिने विषयमा समेत छलफल भएको छ ।

श्रेष्ठले सीमा समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ट नेता माधव कुमार नेपाललाई विशेषदूत बनाएर भारत पठाउने जानकारी बैठकमा प्राप्त भएपनि त्यो विषयमा कुनै छलफल नभएको बताए । सोमबारको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली भने स्थास्थ्यका कारण उपस्थित थिएनन् ।