१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नेकपा सचिवालय बैठककाे निर्णय, मंसिर २९ गते स्थायी कमिटी बैठक डाकियाे

नेकपा सचिवालय बैठककाे निर्णय, मंसिर २९ गते स्थायी कमिटी बैठक डाकियाे
अ अ+ अ-

काठमाडाैंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकाे सोमबार बसेको सचिवालय बैठकले एक वर्षपछि मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार २९ गते बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो । पार्टी एकतापछि दोस्रो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि स्थायी कमिटीकाे बैठक गतवर्ष मंसिर २९ गते बैठक बसेको थियो ।

सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । यसअघि स्थायी कमिटीले गरेको निर्देशन र यसअघिका सविचालय बैठकले गरेका निर्णहरुलाई बल पुग्ने गरि विधान संशोधनको तयारी नेकपाले गरेको हो । संशोधित विधान स्थायी कमिटी र केन्द्रीय कमिटीमा पेश गरेपछि कार्यान्वयनमा जाने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले विभिन्न जिल्लामा देखिएका संगठनात्मक समस्याहरुको आवश्यक छानबिन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिएको छ । बैठकमा संगठन विभाग तर्फबाट कार्ययोजना सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ । उक्त प्रस्तावका बारेमा सचिवालयका सदस्यहरुले पार्टी अध्यक्षलाई सुझाव पेश गर्ने र संगठन विभागसँग समेत परामर्श गरि अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको उनले बताए ।

नेकपाले उपनिर्वाचनको समीक्षा भने अर्को सचिवालय बैठकमा गर्ने भएको छ । प्रवक्ता श्रेष्ठका अनुसार मंसिर २७ गते बस्ने सचिवालय बैठकमा उपनिर्वाचनको समीक्षा हुनेछ । १८ गते बसेको बैठकले सम्बन्धित कमिटीहरुलाई समीक्षा रिपोर्ट पठाउन निर्देशन दिएपछि केही कमिटीहरुको रिपोर्ट प्राप्त नभएका कारण सोमबार समीक्षा नभएको श्रेष्ठले बताए ।

त्यसैगरि केन्द्रीय सल्लाहकार कमिटी, केन्द्रीय निर्वाचन आयोग, जेष्ठ नागरिक मञ्च, केन्द्रीय आयोग र विभागहरुले ७ दिनभित्र त्यससम्बन्धी प्रस्ताव महासचिव विष्णु पौडेल मार्फत प्रस्तुत गरी सचिवालय बैठकले सबै निकाय र विभागलाई पूर्णता दिने गरी निर्णय लिने विषयमा समेत छलफल भएको छ ।

श्रेष्ठले सीमा समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ट नेता माधव कुमार नेपाललाई विशेषदूत बनाएर भारत पठाउने जानकारी बैठकमा प्राप्त भएपनि त्यो विषयमा कुनै छलफल नभएको बताए । सोमबारको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली भने स्थास्थ्यका कारण उपस्थित थिएनन् ।