२४ भाद्र २०८३, बुधबार
,
Latest
‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त खोलाले बगाएका किशोर मृत फेला रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

सियान शहर र मोदी गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना



अ+ अ-

फलेबासः पर्वतको मोदी गाउँपालिका र मित्रराष्ट्र चीनको सियान शहरकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र सियान उपमहानगरपालिकाका सेक्रेटरी झाङ विगौलेले यस सम्बन्धी समझदारीपत्र आइतबार हस्ताक्षर हस्ताक्षर गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले दुवै नगरका जनताबीच पर्यटन, संस्कृति, कूटनीतिक सम्बन्धलाई थप बढवा दिँदै नेपाल–चीन सम्बन्धमा थप नयाँ आयाम ल्याउन दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएको बताउनुभयो । उहाँले दुबै नगरबीच हुने आर्थिक, पर्यटन, सांस्कृतिक आदानप्रदानले दुई नगरबीचको सम्बन्ध अझ बढी प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

मोदी गाउँपालिकाका अध्यक्ष पौडेलले प्राकृतिक हिसाबले समानता रहेका दुई नगरकाबीच भगिनी सम्बन्ध कायम हुनु ऐतिहासिक घटना भएको उल्लेख गर्दै यो सम्बन्ध विकास र समृद्धिका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास व्यक्त गर्नुभयो । सियान उपमहानगरका सेक्रेटरी झाङले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको मोदी गाउँपालिकासँग स्थापना भएको भगिनी सम्बन्धले आफूहरु अत्यन्त खुशी भएको उल्लेख गर्दै यो सम्बन्ध दुबै पक्षको विकासका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौतापत्रले दुवै सहरका जनताले समानताका आधारमा सांस्कृतिक, आर्थिक, शैक्षिक, पर्यटन, सहरी विकास र जनताबीच सहयोग आदानप्रदान गरी दुवै नगरको आपसी हित र सम्बन्धलाई प्रवद्र्धन हुने बताइएको छ ।