१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सियान शहर र मोदी गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना



अ+ अ-

फलेबासः पर्वतको मोदी गाउँपालिका र मित्रराष्ट्र चीनको सियान शहरकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र सियान उपमहानगरपालिकाका सेक्रेटरी झाङ विगौलेले यस सम्बन्धी समझदारीपत्र आइतबार हस्ताक्षर हस्ताक्षर गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले दुवै नगरका जनताबीच पर्यटन, संस्कृति, कूटनीतिक सम्बन्धलाई थप बढवा दिँदै नेपाल–चीन सम्बन्धमा थप नयाँ आयाम ल्याउन दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएको बताउनुभयो । उहाँले दुबै नगरबीच हुने आर्थिक, पर्यटन, सांस्कृतिक आदानप्रदानले दुई नगरबीचको सम्बन्ध अझ बढी प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

मोदी गाउँपालिकाका अध्यक्ष पौडेलले प्राकृतिक हिसाबले समानता रहेका दुई नगरकाबीच भगिनी सम्बन्ध कायम हुनु ऐतिहासिक घटना भएको उल्लेख गर्दै यो सम्बन्ध विकास र समृद्धिका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास व्यक्त गर्नुभयो । सियान उपमहानगरका सेक्रेटरी झाङले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको मोदी गाउँपालिकासँग स्थापना भएको भगिनी सम्बन्धले आफूहरु अत्यन्त खुशी भएको उल्लेख गर्दै यो सम्बन्ध दुबै पक्षको विकासका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौतापत्रले दुवै सहरका जनताले समानताका आधारमा सांस्कृतिक, आर्थिक, शैक्षिक, पर्यटन, सहरी विकास र जनताबीच सहयोग आदानप्रदान गरी दुवै नगरको आपसी हित र सम्बन्धलाई प्रवद्र्धन हुने बताइएको छ ।