२४ भाद्र २०८३, बुधबार
,
Latest
‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त खोलाले बगाएका किशोर मृत फेला रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लगानीको वातावरण निकै राम्रो बनेको छः ढकाल



अ+ अ-

सिड्नीः हालै बिग मर्जर गरेका ग्लोबल आइएमई बैंंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अष्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंंक उपर्युक्त सहजकर्ता हुन सक्ने प्रतिष्ठित व्यापारिक घराना आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले बताए । उनले गैर आवाशीय नेपालीहरुको समेत लगानीमा निर्माण हुँदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए ।

उनले हाल अष्ट्रेलिया लगायत भारत, बेलायत र जापानमा सम्पर्क कार्यालय रहेको आफ्नो बैंकको अष्ट्रेलियामा शाखा खोल्ने तयारी सुरु भएको पनि बताए । नेपालमा प्रदेश, प्रदेशहरु र स्थानीय सरकारहरुबीच विकासमा प्रतिष्पर्धा पनि सुरु भएकाले लगानीका सम्भावनाहरु झन् बढेर गएको उनले बताए । आफ्नो समूहले चन्द्रागिरि केवलकार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात प्रदेशमा पनि निर्माण गर्न लागेको उनले बताए ।

अन्तरक्रियामा गैर आवाशीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो सस्था दश अर्ब बराबरको गैर आवाशीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माण संगै नेपालमा गैर आवाशीय नेपालीहरुको ठुलो तथा संयुक्त लगानी सुरु हुने बताए ।
कार्यक्रममा गैर आवाशीय नेपाली संघ अष्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गैर आवाशीय नेपालीहरुमा लगानीको आत्मविश्वास अझै पैदा नभएको बताए ।
नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाँबाट पुँजी लगानी गर्न पाइने वातावरण बनेमा गैर आवाशीय नेपाली लगायत बैदेशिक पँुजी नेपालमा भित्रन सक्ने उनले बताए ।

कार्यक्रममा गैर आवाशीय नेपाली संघ अष्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैर आवाशीय नेपालीहरुले ठूलो मात्रामा संयुक्त पँुजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफूलाई विश्वास भएको भन्दै आफूहरुले पुँजी संकलनमै जोड दिनुपर्ने बताए ।
कार्यक्रममा सिड्नीका दुइ दर्जनभन्दा बढी व्यवशायी तथा गैर आवाशीय नेपाली अगुवाहरु उपस्थित थिए ।