१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्सा खारेज गर्न भन्दै नेमकिपाले बुझायाे भारतीय दूतावासमा ज्ञापनपत्र



अ+ अ-

काठमाडाैंः नेपाल मजदुर किसान पार्टीले नेपाली भूमि समावेस गरी तयार गरिएको भारतको नक्सा खारेज गर्न भन्दै नेपाल स्थित भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरीएको उक्त ज्ञापनपत्र काठमाडैंको लैनचौर स्थित भारतीय राजदूतावासमा बुझाएको हो । सोमबार दिउसो लैनचौर स्थित खानीविभागबाट ¥यालि सुरु गरी दुतावास सम्म पुगेर नेमकिपाले ज्ञापनपत्र बुझाएको हो ।

नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक समेत भारतमा गाभेर भारतले नयाँ नक्सा तयार गरेपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नेपालको भूमि नेपाललाई नै फिर्ता गर्न आग्रह गरेको हो । त्यस्तै नेमकिपाले कालापानीमा रहेको भारतीय सेना अविलम्ब फिर्ता लैजान समेत आग्रह गरेको छ । नेमकिपाका महासचिव प्रेम सुवालले नेपालको सुस्ता लगायत ७२ भन्दा बढी ठाउँमा भारतद्धारा अतिक्रमित ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि फिर्ता गर्न समेत आग्रह गरेको बताउनुभयो ।

सुवालले नेपाल भारत खुला सीमा बन्द गर्न आवश्यक रहेको भन्दै सन् १९४७ नोभेम्बर ९ मा भएको गोर्खा भर्ती सन्धि खारेज गर्न समेत जरुरी रहेको जनाउनुभयो ।