९ असार २०८३, मंगलवार
,
Latest
आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्सा खारेज गर्न भन्दै नेमकिपाले बुझायाे भारतीय दूतावासमा ज्ञापनपत्र



अ+ अ-

काठमाडाैंः नेपाल मजदुर किसान पार्टीले नेपाली भूमि समावेस गरी तयार गरिएको भारतको नक्सा खारेज गर्न भन्दै नेपाल स्थित भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरीएको उक्त ज्ञापनपत्र काठमाडैंको लैनचौर स्थित भारतीय राजदूतावासमा बुझाएको हो । सोमबार दिउसो लैनचौर स्थित खानीविभागबाट ¥यालि सुरु गरी दुतावास सम्म पुगेर नेमकिपाले ज्ञापनपत्र बुझाएको हो ।

नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक समेत भारतमा गाभेर भारतले नयाँ नक्सा तयार गरेपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नेपालको भूमि नेपाललाई नै फिर्ता गर्न आग्रह गरेको हो । त्यस्तै नेमकिपाले कालापानीमा रहेको भारतीय सेना अविलम्ब फिर्ता लैजान समेत आग्रह गरेको छ । नेमकिपाका महासचिव प्रेम सुवालले नेपालको सुस्ता लगायत ७२ भन्दा बढी ठाउँमा भारतद्धारा अतिक्रमित ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि फिर्ता गर्न समेत आग्रह गरेको बताउनुभयो ।

सुवालले नेपाल भारत खुला सीमा बन्द गर्न आवश्यक रहेको भन्दै सन् १९४७ नोभेम्बर ९ मा भएको गोर्खा भर्ती सन्धि खारेज गर्न समेत जरुरी रहेको जनाउनुभयो ।