५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुबिसुद्वारा चौथो एपाक आइपीभी सिक्स काउन्सिल सम्मेलन आयोजना



अ+ अ-

काठमाडौं : नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको सुबिसु लिमिटेडले चौथो एपाक आइपीभी सिक्स काउन्सिल मिटको आयोजना गर्ने भएको छ।

सुबिसुका अनुसार सम्मेलन यहि चैत २७ र २८ गते काठमाडौंमा हुनेछ ।

नेपालमा यस्ता अन्तर्राष्ट्रिय प्रविधि सम्मेलनहरूको आयोजना हुनुलाई सरकारको डिजिटल नेपाल अभियानलाई साकार पार्न एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको सुबिसुले जनाएको छ । यस सम्मेलनले नेपाललाई एसिया प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार विमर्शको केन्द्रमा स्थापित गर्नेछ।

सम्मेलनले फाइभजी, स्मार्ट शहरहरू र ठूला-ठूला औद्योगिक स्वचालन जस्ता नवीनतम प्रविधिहरुका लागि आवश्यक असीमित ठेगाना IPv6 ले कसरी प्रदान गर्दछ भन्ने विषयमा अनुभव साटासाट गर्ने तथा छलफल गर्ने छ। यसले नेटवर्कहरुमा बढ्दो साइबर खतराको बारेमा पनि ध्यानाकर्षण गराउनेछ ।

यस वर्षको सम्मेलन विशेषगरी इन्टरप्राइज नेटवर्क आर्किटेक्चरमा IPv6 को व्यावहारिक प्रयोगमा केन्द्रित रहनेछ ।

विश्वभरका संस्थाहरू क्लाउड-आधारित, सफ्टवेयर-निर्धारित तथा सुरक्षित नेटवर्क वातावरणतर्फ अघि बढिरहेको वर्तमान सन्दर्भमा, IPv6 को प्रयोग अब केवल प्राविधिक सुधार मात्र नभई एक रणनीतिक आवश्यकता बनिसकेको छ।

यो दुई दिने सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय मुख्य वक्ताहरु एवं विभिन्न क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहनेछ। सम्मेलनले सहभागीहरूलाई ज्ञान आदानप्रदान, विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया र क्षमता अभिवृद्धिको उत्कृष्ट अवसर प्रदान गर्नेछ।