१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

गृहमन्त्री गुरुङ काभे्रको रोशी क्षेत्रमाः अवैध खानी–क्रसर बन्द गर्न निर्देशन

गृहमन्त्री गुरुङ काभे्रको रोशी क्षेत्रमाः अवैध खानी–क्रसर बन्द गर्न निर्देशन
अ अ+ अ-

काभ्रेपलाञ्चोक। गृहमन्त्री सुधन गुरुङ गत सालको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा आज अनुगमन–निरीक्षणका क्रममा पनौती नगरक्षेत्रस्थित रोशी क्षेत्र पुग्नुभयो ।

उहाँले सो क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका मापदण्ड विपरीतका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभयो ।

गिट्टी–बालुवा उत्खनन गरेर बाढीपहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उहाँले चासो व्यक्त गर्नुभएको हो । “पहिलेका राजनीतिक दलले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गरे म कडाइका साथ रोक्छु, अन्य पनि वैध–अवैध तत्कालै छानबिन हुन्छ”, उहाँले भन्नुभयो ।

मापदण्ड विपरीत अनुमति दिँदा बाढीपहिरो आएर जनधनको क्षति भएको उहाँको तर्क थियो । गिट्टी र बालुवाको अनियन्त्रित उत्खननले गर्दा रोशी क्षेत्रमा बाढीपहिरोको जोखिम बढेको भन्दै उहाँले गम्भीर चासो व्यक्त गर्नुभएको हो । प्राकृतिक स्रोतको दोहन हुँदा यसको रोकथाममा कसैले तदारुकता नदेखाएकामा उहाँले असन्तुष्टि जनाउनुभयो । पनौतीको रोशीखोला क्षेत्रमा दर्जन क्रसर–खानी सञ्चालनमा रहेका छन् ।

गत वर्षको असोज दोस्रो साताको बाढीपहिरोले पनौती नगरमा एक विदेशी नागरिकसहित २० जनाको निधन भएको थियो भने एक जना अझै बेपत्ताको सूचीमा रहेका छन् । नगरको विवरणअनुसार बाढीपहिरोले ५८६ घर पूर्ण रुपमा भएका थिए भने ९४४ वटा घर उच्च जोखिममा रहेको छ ।

यसअघि गृहमन्त्री गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गर्नुभएको थियो । उहाँले राजमार्गको क्षति र आउने सम्भावित विपत्तिबारे सरोकारवालासँग स्थलगत छलफल गर्नुभएको हो ।

क्षतिग्रस्त सो राजमार्गको अनुगमनका क्रममा गृहमन्त्री गुरुङले अब हुने सम्भावित विपत्तिबारे चासो दिँदै यसअघि कस्ता खालका विपत् भए, कस्तो व्यवस्थापन गरियो, त्यस अनुसारको पूर्वतयारी गर्नुपर्नेबारे सुरक्षा प्रमुखलाई रणनीतिक तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।

रासस