१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ

बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ
अ अ+ अ-

मकवानपुर। बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भयो ।

अधिवेशनअन्तर्गत आज बसेको बैठकमा उपसभामुख अप्सरा चापागाईंले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्नुभएको थियो । उहाँले तत्कालीन सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट दिनुभएको राजीनामा तथा छ जना प्रदेशसभा सदस्यले दिनुभएको राजीनाबारे सभालाई जानकारी गराउनुभयो ।

उपसभामुख चापागाईंले सभामुख एवम् उपसभामुख बैठकमा अनुपस्थित रहेको अवस्थामा सभा सञ्चालनका लागि मनोनीत गर्नुभएका चार सदस्यको नाम बैठकले स्वीकृत गरेको छ । मनोनीत हुनेहरू सुना परियार, सुष्मा भुजेल न्यौपाने, हरिप्रसाद सापकोटा र लक्ष्मी घिमिरे रहनुभएको छ ।

बैठकको विशेष समयमा सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सङ्घीय सरकारसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारले सुशासन प्रवर्द्धनका लागि काम गर्ने बताउनुभयो । उहाँले प्रदेशका विभिन्न जिल्लामा बहुवर्षीय योजनालाई क्रमशः कार्यान्वयन गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।

प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ः०० बजे बस्नेछ । रासस