१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘महिला अटोचालकसँग ट्राफिक प्रहरी’

‘महिला अटोचालकसँग ट्राफिक प्रहरी’
अ अ+ अ-

कर्णाली। सुर्खेतमा ‘महिला अटोचालकहरूसँग ट्राफिक प्रहरी’ कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममार्फत यहाँका ४८ जना महिला अटोचालकहरूलाई ट्राफिक नियम पालनासम्बन्धी अभिमुखीकरण गरिएको छ ।

आज यहाँ वीरेन्द्रनगरमा सम्पन्न कार्यक्रममा दिनहुँ जसो बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि अपनाउनुपर्ने संवेदनशीलताबारे अभिमुखीकरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक रोहित शाहीले जानकारी दिनुभयो ।

पेसालाई मर्यादित बनाउन, उत्प्रेरणा जगाउन, ट्राफिक नियम पालनासम्बन्धी सचेत गराउन र चालकले भोग्दै आएका समस्या बुझ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । “चालक पेसा त्यति सजिलो छैन, पछिल्लो समय महिलाहरुले यसै पेसालाई आयआर्जनको माध्यम बनाएका छन्”, उहाँले भन्नुभयो, “उहाँहरूमा सचेतना र उत्प्रेरणा जागृत गर्न आवश्यक ठानेर अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।”

ट्राफिक प्रहरी र महिला अटोचालकको सम्बन्धलाई प्रगाढ बनाउन र देखिएका समस्या समाधानका निम्ति अटोचालक कल्पना सिंहलाई ट्राफिक दूत भनेर चयन गरिएको जनाइएको छ ।

अटोचालक सिंहले अभिमुखीकरणले पेसामा थप कटिबद्ध भएर लाग्न उत्प्रेरित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक प्रहरीले कारबाही मात्र होइन, उत्प्रेरणा र उत्साह पनि दिँदोरहेछ ।

सानातिना त्रुटिलाई माफी दिएर फेरि गल्ती नगर्न सुझाव दिनु हुँदोरहेछ । अभिमुखीकरणमा दिइएको माया, उत्प्ररेणा र सद्भावले उत्साह मिलेको छ ।” रासस